पाल्पामा छोराले गरे बाबुको हत्या !

सांकेतिक तस्बिर

Read Time = 2 mins

-रामचन्द्र रायमाझी

पाल्पा । पाल्पामा छोराले आफ्नै बाबुको हत्या गरेका छन् । माथागढी गाउँपालिका–४ नेटाका १४ वर्षीय बालकले बाबु ४५ वर्षीय तिलबहादुर दिसाको हत्या गरेका हुन् ।

घरायसी विवाद हुने क्रममा उनले चिर्पट दाउराले हानेर बाबुको हत्या गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिनुभयो ।

प्रहरीका अनुसार शनिबार राती घरायसी विषयमा विवाद भएको थियो । सोही क्रममा छोराले बाबुको टाउकोमा चिर्पट दाउरा प्रहार गरेका थिए । दाउरा प्रहारपछि बाबुको घरमै ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । छोरा मानसिक रोगी रहेको, बुबा पनि राम्रोसँग बोल्न नसक्ने र अपाङ्ग रहेको स्थानीयले बताएका छन् । स्थानीयका अनुसार यस अघि पनि छोराले बुबालाई पटक–पटक हत्याको प्रयास गरेका थिए । छोरालाई नियन्त्रणमा लिई थप अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?