नेप्सेमा ३३.३६ अंकको गिरावट

Read Time = 2 mins

काठमाडौं । साताको पहिलो कारोबारको दिन आईतवार नेप्से परिसूचक उच्च अंकले घटेको छ ।

आईतवार नेप्से परिसूचक ३३.३६ अंकले घटेर २ हजार बिन्दु भन्दा तल १९८९.२६ बिन्दुमा झरेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ६.०५ अंकले घटेको छ भने फ्लोट इण्डेक्स २.२३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.४३ अंकले घटेको छ ।

आईतवार कारोबारमा आएका २२४ कम्पनीको ६१ लाख ४८ हजार ३४१ कित्ता शेयर २ अर्ब ५ करोड ९७ लाख ३७ हजार १०३ रुपैयाँ बराबरको कारोबार भएको छ ।

नेप्सेका १३ वटा उपसमूहमा म्युचुअल फण्डबाहेक सबै उपसमूहको सूचक नकारात्मक देखिएको छ । फाइनान्स र हाइड्रोपावर उपसमूहको सूचक सबैभन्दा धेरै घटेको छ ।

नेप्से परिसूचक गिरावट आए पनि ५ वटा कम्पनीको मात्रै शेयरमूल्य केही बढेको छ । जसमा राधि विद्युतको शेयरमूल्य सबैभन्दा धेरै ५.९० प्रतिशतले बढेको छ भने आदर्श लघुवित्तको १.९८ प्रतिशत,मैलुङ खोला जलविद्युतको १.३४ प्रतिशत, युनिलिभरको ०.४१ प्रतिशत र सबैको लघुवित्तको ०.२२ प्रतिशतले बढेको छ । यता रुरु जलविद्युतको शेयरमूल्य सबैभन्दा धेरै १० प्रतिशतले घटेको छ । आईतवार अरुण कावेली हाइड्रोपावरको सबैभन्दा धेरै १० करोड ३३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?