कर्मचारी परिषदको आन्दोलनलाई शिक्षक महासंघ भोजपुरकोे पनि समर्थन

Read Time = 2 mins

भोजपुर । भोजपुर जिल्लाका सम्पूर्ण सामुदायिक विद्यालयहरु आइतवारदेखि एक साता बन्द रहने भएका छन् ।

नेपाल सामुदायिक विद्यालय कर्मचारी परिषदको आन्दोलनलाई भोजपुरको नेपाल शिक्षक महासंघले पनि समर्थन गरेकाले १२ देखि १८ गतेसम्मका लागि सामुदायिक विद्यालय बन्द रहने भएका हुन् ।

महासंघको भोजपुर जिल्ला समितिले एक विज्ञप्ती जारी गर्दै कर्मचारी परिषद्को आन्दोलनलाई समर्थन गरेको उल्लेख गरेको छ । परिषद्ले ६ भदौमा परिपत्र जारी गर्दै चरणबद्ध आन्दोलन घोषणा गरेको थियो । जिल्ला कार्यसमिति अध्यक्ष तीर्थ कुमार राई र सचिव हरि प्रसाद गौतमले परिषद्को माग सम्बोधन गर्न समेत आग्रह गर्नु भएको छ ।

‘आन्दोलनरत पक्षको जायज मागहरुलाई तुरुन्त छलफल, संवाद र वार्ताका माध्यमबाट समाधान गरी विद्यालयहरु नियमितरुपमा सञ्चालन गर्ने वातावरण तत्काल निर्माण गर्न नेपाल सरकारको गम्भीर ध्यानाकर्षण समेत यसै विज्ञप्तीमार्फत् गराउँछौँ,’ विज्ञप्तीमा भनिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?