अफगानिस्तानमा एक वर्षको अन्तरालपछि चलचित्र प्रदर्शन सुरू, महिला कलाकारको भूमिका सीमित

Read Time = 4 mins

काबुल । अफगानिस्तानको राजधानी काबुलमा गत अगस्टमा तालिबानले सत्ता सम्हालेपछि बन्द रहेका सिनेमा हलमा चलचित्र प्रदर्शन सुरू भएका छन् ।

एक वर्षको अन्तरालपछि देशका सिनेमा हलहरू चलचित्र प्रदर्शनका लागि तयार भए पनि महिला कलाकारको भूमिका भने निकै सीमित रहेको सञ्चारमाध्यमले जनाएका छन् ।

एक वर्षपछि बन्द रहेका अफगानी सिनेमा हलहरु पुनः सञ्चालनमा आएकोमा धेरैले खुशी व्यक्त गरिरहेका छन् भने कतिपयले यस प्रक्रियामा महिला अधिकारको हनन भएको भन्दै गम्भीर चिन्ता व्यक्त गरिरहेका छन् ।

खामा प्रेसका अनुसार ३७ वटा फिल्म र डकुमेन्ट्री प्रदर्शनका लागि लाइनमा छन् । तर महिला कलाकारको सहभागितालाई निकै कम गरिएको छ । हालै निर्माण भएको एउटा चलचित्रमा एक मात्र महिला अभिनेत्री अतिफा मोहम्मदीले भूमिका निभाउनुभएको छ ।

चलचित्रका कलाकारहरू सिनेमा हलहरू खुल्ने भएपछि खुशी छन् र उनीहरूले फिल्महरू बनाउनको लागि पैसा उपलब्ध गराउनु परेको बताएका छन् ।

“एक वर्षपछि सिनेमाको ढोका खोलिएको छ । हामी खुसी छौं,’ कलाकार अब्दुल सबोर खिन्जीले भन्नुभयो ।

“हामीले आफ्नै सम्पत्तिबाट फिल्ममा खर्च गरेका छौं । हामी आफ्नो काम गर्न पाउँदा खुसी थियौं,” अर्का कलाकार फयाज इफ्तिखारले भन्नुभयो ।

काबुलनिवासी जाहरा मुर्तजावीले एउटा महत्वपूर्ण सन्देश दिँदै भन्नुभयो, “यस क्षेत्रमा महिलालाई निषेध गर्नु हुँदैन किनभने यो महिलाको अधिकार हो । महिलाहरूको उपस्थिति बिना चलचित्र राम्रो हुन्छ भन्ने मलाई लाग्दैन । चलचित्रमा नायक तथा नायिकालाई भूमिका दिन विश्वभर नैै चलन छ ।”

तालिबानले गत महिना जब महिला र किशोरीहरूलाई आवश्यक नपरेसम्म घरबाट बाहिर ननिस्कन र अनुहार सहित आफ्नो सम्पूर्ण शरीर ढाकेर मात्र बाहिर निस्कनु पर्छ भनेर घोषणा गर्दा धेरैलाई आश्चर्यमा पारेको थिएन । किनकि तालिवान समूहले महिलाहरूलाई स्वतन्त्र हुन दिनेछन् भन्ने धेरैले कल्पना गरेकै सथएनन् र सोही भएको छ ।

सन् १९९६ देखि २००१ सम्म तालिवान शासनको अन्तिम कालखण्डमा जस्तै वर्तमान् सरकारले पनि महिला मामिला मन्त्रालय खारेज गरको छ ।

तिबन्धित तालिवानले बालिकाहरूको लागि माध्यमिक शिक्षामा ह्युमन राइट्स वाच ९एचआरडब्लु० को महिला अधिकार महाशाखाकी हिथर बारले तालिबानले महिला र बालिकाको अधिकार उल्लङ्घन गरेको सूची लामो र बढ्दो क्रममा रहेको बताउनुभएको छ ।

उहाँले अफगानमहिला अधिकारकर्मीहरूले तालिबानले महिला अधिकारको सम्मान गर्ने वाचा झूटो भएको चेतावनी दिएको बताउनुभयो ।

सन् २०२१ को अगष्ट १५ मा तालिबानले राजधानी काबुल कब्जा गरेपछिका दिनहरूमा यस समूहले महिलाहरूमाथिको कारबाहीलाई तीव्र पार्ने चेतावनी अफगानी अधिकारकर्मीहरूले दिएका थिए ।
-एजेन्सी

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?