हुम्लाको स्याडा गाउँमा मनाइयो चोख्या पर्व

दाने बोहरा हुम्ला, संवाददाता
Read Time = 2 mins

हुम्ला । हुम्लामा चोख्या पर्वलाई परम्परागत रुपमा मनाउँदै आएका छन् । व्याँसी समुदायको यो विशेष पर्वका रुपमा सिमकोट गाउँपालिका–८ स्याँडामा चोख्या मेला धुमधामका साथ मनाइएको छ ।

स्याडा र पाल्सका स्थानीयवासीले विशेष पर्वका रुपमा हरेक वर्ष झैं पनि विशेष रुपमा मनाएको सिमकोट गाउँपालिका–८ स्याँडाका अध्यक्ष कमल बुढाले बताउनुभयो । वडाध्यक्ष बुढाका अनुसार, परम्परागत धार्मिक संस्कारअनुसार घरका कुलदेवता कुतिहिल्सो देवताको पूजाआज गरी स्याँडा गाउँभन्दा माथिकोे चोख्या चउरमा यो पर्व मनाइएको बताउनुभयो । स्याडा गाउँका स्थानीयले परापूर्खादेखि नै चोख्या पर्व मनाउदै आएको स्थानीय बताउँछन् ।

 

स्याँडामा हिल्सो देवाताको मन्दिरमा पूजाआज गरी वर्षभरिका लागी भाकलको छिनोपानो गर्ने, धार्मिक झाँक्री नचाउने, देउडा खेल खेल्न चलन छ । चोखेमेला हेर्नका लागि स्याँडा र आसपासका वासिन्दा स्याँडा जम्मा हुने गर्दछन् । घरबाट पकाएर लिएको मिष्ठान भोजन आफान्तहरुसँग बसेर खाने दिनभर रमाईलो गरी बेलुका घर फर्किने गरेको स्थानीय नुर्वु बुढाको भनाई छ । चोख्या पर्वको बेला बाहिरबाट चोख्या हेर्न आउने पाहुनाहरुलाई बोलाई बोलाई पाहुनाको स्वागत गर्न मुख्य विशेषता हो ।

चोख्यालाई परम्परागत रुपमा मनाउँदै आएका हुम्लाको सिमकोट गाउँपालिका–८ स्याँडामा चोख्या मेला धुमधामका साथ मनाइएको छ । देउडा पारखीले रात दिनभरि देउडा खेल खेल्ने चलन पनि रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?