पुलिसको विजयी सुरुवात

हिमालय टाइम्स
Read Time = 3 mins

पोखरा । विभागीय नेपाल पुलिस क्लबको पुरुष टोलीले लामाचौर कप महिला पुरुष राष्ट्रिय भलिबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । नव आदर्श सामुदायिक विकास समाजको आयोजनामा सुरु भएको प्रतियोगितामा पुलिसले बुटवलको मणिमुकुन्द भलिबल क्लबलाई ३-१ सेटमा पराजित गरेको हो ।

पुलिसले सुरुवाती सेट गुमाए पनि त्यसपछिको तीनै सेट आफ्नो पक्षमा पार्दै जित निकाल्न सफल भएको हो । पहिलो सेट २८-३० ले गुमाएको पुलिसले त्यसपछिको तीन सेट २५-१२, २५-१२ र २५-१७ ले आफ्नो पक्षमा पार्न सफल भयो ।

यस्तै पुरुषतर्फकै विभागीय त्रिभुवन आर्मी क्लब र गण्डकी प्रदेशबीचको खेल लाइट प्रोटेस्टका कारण स्थगित भएको हो । प्रतिस्पर्धात्मक र रोमाञ्चक बनेको पहिलो सेटमा आर्मी ३१-२९ ले विजयी भएको थियो ।

नव आदर्श सामुदायिक विकास समाजको आयोजनामा चार दिनसम्म चल्ने प्रतियोगितामा महिलातर्फ चार र पुरुषतर्फ पाँच टिमको सहभागिता रहेको छ । महिलातर्फ सशस्त्र प्रहरी बलको एपिएफ टिम अन्तिम समयमा सहभागी नभएको आयोजकले जनाएको छ ।

महिलातर्फ नेपाल प्रहरी, त्रिभुवन आर्मी क्लब, न्यु डायमण्ड युथ स्पोटर््स क्लब र गण्डकी प्रदेशको टिमले भाग लिएका छन् । पुरुषतर्फ नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, त्रिभुवन आर्मी क्लबसहित बुटवलको मणिमुकुन्द भलिबल क्लब र गण्डकी प्रदेशको टिम गरी पाँच टिमको सहभागिता रहेको छ ।

दुवै विधातर्फको विजेताले समान एक लाख ५० हजार १११, उपविजेताले एक लाख १११ र तेस्रो हुनेले ५० हजार १११ रुपैयाँ प्राप्त गर्नेछ । सर्वोत्कृष्ट खेलाडीसहित विधागतरूपमा उत्कृष्टलाई आकर्षक पुरस्कार दिइनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?