प्रकाशको प्रदर्शनमा विभेद गरिएको भन्दै प्रकाशनमा ज्ञापनपत्र

Read Time = 3 mins

काठमाडौं । चलचित्र ‘प्रकाश’को प्रदर्शनमा विभेद गरिएको भन्दै स्थानीयले जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएका छन् । जुम्लामा छायांकन गरिएको उक्त चलचित्रका लागि स्थानीयले जिल्ला प्रशासनमार्फत सञ्चार तथा चलचित्र विकास बोर्डमा ज्ञापन पत्र पठाएका छन् ।

जुम्लेली परिवेश, रहनसहन, भाषा, संस्कृतिमा आधारित चलचित्रलाई हलको शोमा विभेद गरिएको यसबारे पत्रमार्फत ध्यानाकर्षण गराइएको छ । चलचित्रलाई आमनेपाली माझ पुग्नबाट रोक्न प्रयास गरिएको आरोपसमेत लगाइएको छ ।

ज्ञापन पत्र चलचित्र संघलाई पनि बोधार्थ पठाइएको छ । ‘कर्णालीमाथिको विभेद अन्त्य गर’, ‘प्रकाश’ प्रदर्शनका लागि पर्याप्त शोहरू देऊ’ जस्ता नारा लेखिएका प्लेकार्डसहित जिप्रकामा उपस्थित भएका जुम्लावासीले सहायक प्रमुख जिल्ला अधिकारी प्रमिला रिजाललाई ध्यानाकर्षण पत्र हस्तान्तरण गर्नुभएको हो ।

उहाँहरूले फिल्ममाथिको विभेद नरोके थप आन्दोलन गर्ने चेतावनीसमेत दिनुभएको छ । ‘प्रकाश’माथिको विभेद आफूहरूमाथिको विभेद हो भन्दै स्वतःस्फूर्त रूपमा जुम्लावासीहरू प्रतिकारमा उत्रिएको चलचित्र कालोपोथीका निर्मातासमेत रहनु भएका स्थानीय अनुप थापाले जनाउनुभयो । ‘प्रकाश’ जुम्लाको प्रतिबिम्ब भएको भन्दै उहाँहरूले जुम्लालाई देशले बुझ्न पाउनुपर्ने बताउनुभएको छ । खस भाषा र जुम्लाको परिवेश भएकै कारण विभिन्न बहाना देखाएर चलचित्र प्रदर्शनका लागि पर्याप्त समय नदिइनु जुम्लामाथि काठमाडौंले गरिरहेको विभेदको निरन्तरता भएको उहाँहरूको आरोप छ ।

दिनेश राउतको निर्देशन र महेन्द्र अधिकारीको निर्माण रहेको चलचित्रले शिक्षक बन्न एक युवकले गर्ने संघर्षको कथा भन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?