काठमाडौं । दिवंगत र्यापर यमबुद्धको सम्झनामा यमबुद्ध शान्ति दौड आयोजना गरिने भएको छ । आइतबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा यमबुद्ध फाउण्डेशनले उक्त जानकारी गराएको हो । दौड आगामी असोज १ गते आयोजना गरिने बताइएको छ ।
फाउण्डेशन अध्यक्ष अम्बिकाप्रसाद अधिकारीले दौडमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्ल्र शाह (बालेन) सहित खेलकुद तथा सांगीतिक क्षेत्रका व्यक्तित्वले भाग लिने जानकारी दिनुभयो । अध्यक्ष अधिकारीले देशमा शान्ति, सुव्यवस्था र विकासको कामना गर्दै शान्ति दौड कार्यक्रम गर्न लागिएको बताउनुभएको छ ।
दौडको थालनी नयाँबानेश्वरस्थित एभरेष्ट होटल अगाडिबाट सुरु भई त्यहीं आएर समापन हुनेछ । वास्तविक नाम अनिल अधिकारी भए पनि यमबुद्धबाट परिचित उहाको निधन बेलायतमा भएको थियो । उहाले केही नेपाली चलचित्रमा समेत स्वर दिनुभएको थियो । उहाँले सुरुवात गरेको रअ बार्ज र्याप प्रतिस्पर्धाले नेपाली हिपहपलाई उकासेको थियो ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका