यस्तो छ तपाईंको भाद्र १३ गते सोमबारको राशिफल

हिमालय टाइम्स
Read Time = 2 mins

✍️ ज्योतिषाचार्य नारायणप्रसाद भण्डारी

आज मिति २०७९ साल भाद्र १३ गते सोमबार, ई.सं.-२९ अगष्ट, २०२२ । तिथि- भाद्र शुक्लपक्ष द्वितीय, १४ः३५ बजे उप्रान्त तृतीय, नक्षत्र- उत्तरफाल्गुनी, योग- साध्य, करण- कौलव, चन्द्रराशि- कन्या, सूर्योदयः ५ः४१, सूर्यास्तः १८ः२६ ।
मेष : मिष्ठान्न भोजनको अवसर प्राप्त हुने योग छ ।

वृष : शरीरमा स्फूर्ति र उमंग कमी हुनेछ ।

मिथुन : मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ ।

कर्कट : विगतको श्रमबाट राम्रै लाभ हुनेछ ।

सिंह : सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ ।

कन्या : नियमित खर्चसमेत बढ्ने योग छ ।

तुला : गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ ।

वृश्चिक : सवारीसाधन चलाउँदा वा बाटो काट्दा होस राख्नुपर्छ ।

धनु : एउटै कामबाट दोहोरो लाभ मिल्नेछ ।

मकर : परिवारजनको साथले नयाँ आशा पलाउनेछ ।

कुम्भ : राज्यपक्ष र सरकारी काममा विलम्ब हुनेछ ।

मीन : पारिवारिक सम्बन्ध सुदृढ बन्नेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?