सेयर बजारमा ३३.३६ अंकको गिरावट

Read Time = 2 mins

काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतवार सेयर बजार उच्च अंकले घटेको छ । नेप्से परिसूचक ३३.३६ अंकले घटेर १९८९.२६ अंकमा झरेको हो । त्यस्तै सेन्सेटिभ इण्डेक्स ६.०५ अंकले घटेको छ भने फ्लोट इण्डेक्स २.२३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.४३ अंकले घटेको छ । कारोबारमा आएका दुई सय २४ कम्पनीको ६१ लाख ४८ हजार तीन सय ४१ कित्ता सेयर दुई अर्ब पाँच करोड ९७ लाख ३७ हजार एक सय तीन रुपैयाँ बराबरको कारोबार भएको छ ।

नेप्सेका १३ समूहमा म्युचुअल फण्डबाहेक सबै समूहको सूचक ऋणात्मक रहेको छ भने फाइनान्स र हाइड्रोपावर समूहको सूचक सबैभन्दा धेरै घटेको छ । पाँचवटा कम्पनीको मात्रै सेयरमूल्य केही बढेको छ । जसमा राधी विद्युत्को सेयरमूल्य सबैभन्दा धेरै ५.९० प्रतिशतले बढेको छ भने आदर्श लघुवित्तको १.९८ प्रतिशत, मैलुङ खोला जलविद्युत्को १.३४ प्रतिशत, युनिलिभरको ०.४१ प्रतिशत र सबैको लघुवित्तको ०.२२ प्रतिशतले बढेको छ ।

रुरु जलविद्युत्को सेयरमूल्य सबैभन्दा धेरै १० प्रतिशतले घटेको छ । अरुण कावेली हाइड्रोपावरको सबैभन्दा धेरै १० करोड ३३ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?