पर्यटनमा हस्पिटालिटी ट्रेनर खत्रीको योगदान

Read Time = 4 mins

काठमाडौं । व्यावसायिक सफलताका लागि व्यावसायिक दक्षता आवश्यक हुन्छ । जुन निरन्तरको अध्ययन, अनुसन्धान, तालिम र प्रत्यक्ष संलग्नताबाट मात्रै सम्भव हुन्छ । पढेर, परेर र कार्यक्षेत्रमा खटिएरमात्रै सम्बन्धित क्षेत्रमा विज्ञता र दक्षता हासिल गर्न सकिन्छ । दक्षतामा अझै निखार ल्याउन सम्बन्धित क्षेत्रका विज्ञबाट पुनर्ताजगी तालिम पनि आवश्यक हुन्छ । सोहीक्रममा पछिल्लो समय सम्बन्धित क्षेत्रमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरूबाट तालिम लिनेक्रम पनि बढेर गएको छ ।

नेपालका चर्चित हस्पिटालिटी ट्रेनर विलास खत्रीले पनि विभिन्न तालिम कार्यक्रम आयोजना गरी हस्पिटालिटी क्षेत्र मानव संसाधनको विकासमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आउनुभएको छ । हस्पिटालिटी हब प्रालि नेपालका फाउण्डर तथा प्रबन्ध निर्देशक खत्रीले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा समेत हस्पिटालिटीसम्बन्धी विभिन्न तालिम प्रदान गर्दै आउनुभएको छ । एसियाज मास्टर अवार्ड इन हस्पिटालिटी म्यानेजमेन्ट अफ द इयर २०२१/२०२२ बाट सम्मानित खत्रीले स्वदेश तथा विदेशका होटल व्यवस्थापन तथा हस्पिटालिटीसँग सम्बन्धित कलेजका हजारौंलाई तालिम प्रदान गर्नुभएको छ । पर्यटनसँग सम्बन्धित आतिथ्य क्षेत्रका साथै विभिन्न अध्ययन अनुसन्धानमार्फत् उहाँले प्राप्त गर्नुभएको ज्ञानबाट धेरै मुलुक लाभान्वित भएका छन् । उहाँ नेपाली, अंग्रेजी, हिन्दी, भोजपुरीलगायतका भाषामा प्रस्तुति दिन सक्नुहुन्छ ।

अर्गनाइजेशन, कम्युनिकेशन, क्यापासिटी विल्डिङ, टाइम म्यानेजमेन्ट, एडभान्स रिसर्च र विहाविहोरल क्षमताका क्षेत्रीसँग भारतको कोलकातास्थित ताज बंगाल, मुम्बईस्थित विजेएन ग्रुप अफ होटल्स, होटल पान एसिया कन्टिनेन्टल, काठमाडौंको होटल एल्लो प्यागोडा, क्वायर लिंक्स प्रालिलगायत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय होटल र हस्पिटालिटीसँग सम्बन्धित कलेजहरूसँग काम गरेको अनुभव रहेको छ । उहाँले ‘द गोल्डेन रुल्स अफ हस्पिटालिटी, ए कल्चर अफ केयर, टिम बिल्डिङ र लिडरसिप, सञ्चार र अन्तरव्यक्तिगत कौशल, व्यक्तित्व विकास, ग्राहक हेरचाह, सेवा र अनुभव तथा होटल व्यवस्थापनलगायत तालिम प्रदान गर्दै आउनुभएको छ ।

Subscribe
Notify of
guest
1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Durendra
Durendra
2022-08-30 12:10 pm

Iam feelings so happy because he is a really geneious i have been gain some knowledge by him in explore instuite of hotel management , he is such a motivated person always I will miss you sir❤️

रिलेटेड न्युज

छुटाउनुभयो कि ?