ग्लोबलको तीज अफर

Read Time = 1 min

काठमाडौं । ग्लोबल आइएमई बैंकले तीजका अवसरमा महिला ग्राहकलाई लक्षित गरी विशेष क्यासब्याक योजना सार्वजनिक गरेको छ । योजनाअन्तर्गत भदौ १३ र १४ गते ग्लोबल स्मार्ट प्लस मोबाइल बैंकिङ एपबाट क्युआर कोडमार्फत् भुक्तानी गर्दा खरिदको २० प्रतिशत अर्थात् पाँच सय रुपैयाँ एकपटक क्यासब्याक पाइनेछ । ग्लोबल आइएमई बैंकले क्यासब्याक योजनालाई तीज विशेष बनाउन महिलालाई ग्राहृयता दिने भएको हो ।

बैंकमा ‘नारी बचत’ तथा ‘नारी शक्ति बचत’ खाता रहेका महिलाले ग्लोबल स्मार्ट प्लस एप प्रयोग गरी क्युआरमार्फत्को भुक्तानीमा क्यासब्याक पाउने बैंकले जनाएको छ । मोबाइल बैंकिङ एप्लिकेसन, क्युआर पेमेन्ट प्रयोगलाई प्रोत्साहित गर्न क्यासब्याक योजना सार्वजनिक गरिएको बैंकले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?