एसपिजी ट्रेडिङ विनर लिंकर्सको पनि राष्ट्रिय बिक्रेता

Read Time = 2 mins

काठमाडौं । एसपिजी ट्रेडिङ प्रालिका निर्देशक गौरव शारदा नेपालमा पर्नोड रिचार्डका आयातित ब्राण्डका आधिकारिक आयातकर्ता हुनुहुन्छ । उहाँ अब रोयल स्ट्याग र भविष्यका सिग्रामका ब्राण्डहरू (पर्नोड रिचार्डको घरेलु पोर्टफोलियो) जुन विनर लिंकर्सले नेपालमा उत्पादन गर्छ, सोका लागि पनि राष्ट्रिय वितरकमा नियुक्त हुनुभएको छ ।

विनर लिंकर उद्योग प्रालि पर्नोड रिचार्ड इण्डिया विश्वको अग्रणी अल्कोबेभ कम्पनीसँगको एक संयुक्त उद्यम हो । सो अवसरमा विनर लिंकर्सका अध्यक्ष तथा प्रबन्ध निर्देशक रोहित कोहलीले भन्नुभयो, ‘विनर लिंकर र एसपिजी ट्रेडिङको यो गठबन्धनबाट म अत्यन्तै खुसी छु । यसले अन्तर्राष्ट्रिय र घरेलु ब्राण्डको सम्पूर्ण पर्नोड रिचार्ड पोर्टफोलियोलाई थप ऊर्जा दिनेछ । यसले साँच्चै दुवै कम्पनी र पर्नोड रिचार्डलाई एक उच्च श्रेणीको पदमा राख्नेछ । शारदा ग्रुपसँगको हाम्रो सहकार्यले रोयल स्ट्याग र भविष्यका ब्राण्डका लागि पनि नयाँ कोसेढुंगा ल्याउनेछ भन्ने मलाई दृढ विश्वास छ ।’

एसपिजी ट्रेडिङका अध्यक्ष गौरव शारदाले भन्नुभयो, ‘हामी विनर मदिरा उद्योग प्रालिसँग हात मिलाउन पाउँदा र सँगसँगै सिग्राम ब्राण्डको रेन्ज जस्तै रोयल स्ट्याग जस्तालाई नेपालमा उपभोक्तामाझ पु¥याउन र वितरण गर्न उत्साहित छौं ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?