काठमाडौं । काठमाडौं जिल्ला प्रशासन कार्यालयले आजदेखि पाशुपत (पशुपति मन्दिर वरपर) क्षेत्रमा मासु, मदिरालगायत बिक्री वितरण र सेवनमा रोक लगाएको छ।
कार्यालयले तीजको अवसर पारेर सोमबारदेखि चारकिल्ला तोकेरै मदिरालगायत बिक्री वितरणमा रोक लगाएको हो ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोबिन्दप्रसाद रिजालले सार्वजनिक सूचना जारी गर्दै धार्मिक, साँस्कृतिक मर्यादा र पवित्रता कायम राख्न यस्तो नियम लगाइएको उल्लेख गर्नुभएको छ ।
तोकिएका चार किल्लाभित्र मासु, मदिरा, नशालु पदार्थ उत्पादन, बेचबिखन, ओसारपसार, भण्डारण र सेवन गर्न नपाइने सूचनामा उल्लेख छ।
कसैले यो सूचना उल्लंघन गरे कारबाही गर्ने चेतावनी पनि जिल्ला प्रशासन कार्यालयको छ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच