पाकिस्तानमाथि भारतको रोमाञ्जक जित

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । साविक विजेता भारतले युएईमा जारी एसिया कप क्रिकेटमा विजयी सुरुआत गरेको छ ।

दुबईमा आइतबार राति भएको रोमान्चक खेलमा पाकिस्तानलाई ५ विकेटले हराउँदै भारतले सुखद सुरुआत गरेको हो। पाकिस्तानले दिएको १४८ रनको लक्ष्य भारतले १९ ओभर ४ बलमा ५ विकेट गुमाएर पूरा गर्यो ।

भारतको जितमा रविन्द्र जडेजा र विराट कोहलीले समान ३५/३५ रन बनाए । यस्तै हार्दिक पाण्डयले अविजित रहँदै ३३ रन बनाए ।

सूर्यकुमार यादव १८ रनमा आउट हुँदा कप्तान रोहित शर्माले १२ रन बनाए । केएल राहुल सुन्य रनमा आउट भए । पाकिस्तानका मोहमद नवाजले ३ तथा शाहानवाज दाहानीले २ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले १९ ओभर ५ बलमा अलआउट हुँदै १४७ रन बनाएको थियो ।

पाकिस्तानका लागि मोहमद रिजवानले सर्वाधिक ४३ रन बनाए । इफ्तिखर अहमेदले २८ रन जोड्दा कप्तान बाबर आजम १० रनमा आउट भए ।

फखर जमान र शादब खान समान १० रन बनाएर आउट भए । शाहानवाज दाहानीले १६ रन जोडे भने हरिस राउफले अविजित १३ रन बनाए ।

भारतका भुवनेश्वर कुमारले ४ विकेट लिए । हार्दिक पाण्डयले ३ तथा अश्रदिप सिंहले २ र आभेस खानले १ विकेट लिए ।

यस जितसँगै समूह ‘ए’ को भारतले पहिलो खेलमा २ अंक जोडेको छ । पाकिस्तानले भने हारबाट प्रतियोगिताको सुरुआत गरेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?