काठमाडौं । नागरिकता विधेयकमा पुनर्विचार गर्न राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिको बैठक आज बस्दैछ ।
समितिका ज्येष्ठ सदस्य नारायण दत्त मिश्रले आज मध्यान्ह १२ बजेका लागि बैठक बोलाइएको जानकारी दिँदै भन्नुभयो, ‘कसैले बाहिरका विज्ञहरू समेतलाई बोलाउनुपर्छ भनेका छन् । अनेक कुरा गरेका छन् । तर, मैले समितिमा रहेका १५ जना सदस्यहरू राखेर व्यापक छलफल गराएर पारित गर्ने सोच बनाएको छु । विधेयक नगिजोलिने गरी छलफल हुन्छ । वैवाहिक अंगीकृतबारे छलफल हुँदैन ।’
राष्ट्रियसभामा आएको १० दिनपछि नागरिकता विधेयक अगाडि बढेको छ । राष्ट्रियसभाको आगामी बैठकमा समितिको प्रतिवेदन पेश गर्ने र पारित गर्ने स्प्रिटमा काम गर्ने योजना रहेको सांसद मिश्रले जानकारी दिनुभयो ।
राष्ट्रिय सभाले नागरिकता विधेयकलाई थप छलफलका लागि पठाएको विधायन व्यवस्थापन समितिमा सत्तापक्षकै बहुमत छ । बैठकमा गृहमन्त्री बालकृष्ण खाण, गृहसचिव टेकनारायण पाण्डे, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव उदयराज सापकोटालाई छलफलका लागि बोलाइएको छ।
नागरिकता विधेयक प्रतिनिधिसभाबाट हुबहु पारित भइसकेको छ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
गल्तीलाई आत्मसात गर्ने कि अझै
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
देशले प्रधानमन्त्री भएको हेर्न चाहेको