मिश्रलाई ओलीको ढाडस : ‘जहाँ छलछाम, घम्साघम्सी सबै हुन्छ। नआत्तिनु होला’

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । विवेकशील साझा पार्टीका नेता रवीन्द्र मिश्र र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

आइतबार साँझ करिब अढाइ घन्टा बालकोटमा उहाँहरूबीचबीच भेटवार्ता भएको मिश्रले समाजिक सञ्जालमार्फत जानकारी दिनुभएको छ । उहाँले उक्त भेटको तस्बिरसमेत शेयर गर्नु भएको छ ।

भेटमा आगामी निर्वाचन, देशको राजनीति/भू-राजनीति, विदेशी चासो÷हस्तक्षेप, राजसंस्थाको आवश्यकता र असान्दर्भिकतालगायत विषयमा कुराकानी भएको मिश्रले समाजिक सञ्जालमार्फत जानकारी दिनुभयो ।

ओलीको राजनीतिक यात्रा, जेल र गोलघरको पीडा, चुच्ने नक्सा पारितपूर्व भोगेका जटिलतालगायत विषयमा पनि कुरा भएको मिश्रले उल्लेख गर्नुभएको छ ।

मिश्र लेख्नुहुन्छ, ‘तपाईं धर्म/संस्कृतिदेखि भूगोल र इतिहासका यति धेरै कुरा कसरी गर्न सक्नुहुन्छ ? मैले सोधेँ। उहाँले भन्नुभयो, म अहिले पनि राती सुत्नुअघि कम्तिमा एक घण्टा पढ्छु। उहाँका कयौँ सहकर्मीले मलाई बताए अनुसार ओलीजी राती १२/०१ नबजी सुत्नु हुन्न, उहाँको उर्जा र लगन अनौठो छ।’

कुराकानीको क्रममा ओलीले आफूलाई नआत्तिन सल्लाह दिएको पनि उहाँले बताउनुभएको छ । उहाँले मलाई भन्नुभयो, ‘तपाईं चेस खेलेर आएको मान्छे अहिले बास्केटबलको मैदानमा हुनुहुन्छ, जहाँ छलछाम, घम्साघम्सी सबै हुन्छ। नआत्तिनु होला।’

‘सबै विषयमा धाराप्रवाह बोल्न सक्ने उहाँले मलाई भन्नुभयो, तपाईं चेस खेलेर आएको मान्छे अहिले बास्केट बलको मैदानमा हुनुहुन्छ, जहाँ छलछाम, घम्साघम्सी सबै हुन्छ। नआत्तिनु होला,’ मिश्रले भन्नुभएको छ । साथै ओलीले मिश्रलाई एक मुठी सिक्का उपहार पनि दिनुभएको छ ।

‘चुच्चे नक्शासहित आफू प्रधानमन्त्री हुँदा छाप्न लगाएको एक र दुई रूपैयाँको एक मुठ्ठी सिक्का अर्को कोठाबाट ल्याएर उपहार दिनुभयो, भेटका लागि आभार प्रकट गर्दै म निस्किएँ,’ मिश्रले समाजिक सञ्जालमा लेख्नुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?