पहिरोले राप्ती लोकमार्ग अवरुद्ध

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 1 min

तुलसीपुर । राप्ती लोकमार्गअन्तर्गत तुलसीपुर-कपुरकोट सडकखण्डमा पहिरो जाँदा आवतजावत ठप्प भएको छ ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक पुष्पराज मल्लका अनुसार तुलसीपुर उपमहानगरपालिका-३ स्थित साततलेमा पहिरो खस्दा आज बिहानैदेखि आवतजावत ठप्प भएको छ ।

“तुलसीपुर-कपुरकोट सडकखण्डमा विभिन्न ठाउँमा पहिरो गएको छ, हटाउने काम भइरहेको छ”, उहाँले भन्नुभयो, “पहिरो खसिरहेको अवस्था रहेकाले हटाउन समस्या भएको छ, त्यसमा पनि एउटा डोजर बिग्रिएकाले अर्को डोजर लैजान काम भएको छ, केही समय लाग्नसक्छ ।”

गए रातिदेखि नियमित परेको बर्सातले पहिरो गएको हो । पहिरो हटाउनका लागि कपुरकोटबाट पनि प्रहरी आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?