पनौतीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

हिमालय टाइम्स
Read Time = 1 min

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको पनौती नगरपालिका-७ बसपार्कमा गएराती मोटरसाइकल दुर्घटना हुदा चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका-१३ का ३० वर्षीय प्रमात्मा तिवारी रहेका छन् ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा बनेपा स्थित शीर मेमोरीयल अस्पतालमा मृत्यु भएको हो ।

पनौतीबाट खोपासीतर्फ जाँदै गरेको बा ६० प ५२४३ नम्बरको मोटरसाइकल गएराती पौने १२ बजे अनियन्त्रित भइ सडकको भित्तामा ठोकिएको प्रहरी चौकी पनौतीले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?