थप २२६ जनामा कोरोना संक्रमण

Read Time = 1 min

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप २२६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ११ जनाको परीक्षणमा २२६ जनामा संक्रमण पुष्टि भएको हो ।

एक हजार ५२५ जनाको पीसीआर परीक्षण गर्दा १४५ जना र दुई हजार ४८६ जनाको एन्टिजेन परीक्षण गर्दा ८१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ३ हजार २३५ पुगेको छ ।
आज थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख ४७ हजार ४३०पुगेको छ ।

पछिल्लो २४ घण्टामा २२३ जना संक्रमणमुक्त भएका छन् । जसमध्‍ये ३ हजार ८६ जना होम आइसोलेसनमा रहेका छन् भने १४९ जना संस्थागत आइसोलेसन र ४४ जना आईसीयूमा छन् ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?