हारबाट जोगियो पिएसजी

Read Time = 5 mins

पेरिस । पेरिस सेन्ट जर्मेन (पिएसजी) फ्रेन्च लिग वानमा हारबाट जोगिएको छ । पिएसजीले घरेलु मैदानमा मोनाकोसँग १-१ गोलको बराबरी खेलेको हो । मोनाकोका केभिन भोलाण्डले गोल गर्दा पिएसजीका लागि नेमारले एक गोल फर्काउनुभएको थियो ।

आइतबार राती भएको खेलको २०औं मिनेटमा केभिन भोलाण्डको गोलबाट पिएसजीले अग्रता बनाएको थियो । ७०औं मिनेटमा नेमारले पेनाल्टीमा गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याउनुभयो । मारिपानले पेनाल्टी बक्समा नेमारलाई फउल गरेपछि रेफ्रीले भिएआरको सहायता लिँदै पाएको पेनाल्टीमा नेमारले गोल गर्नुभयो ।

नयाँ सिजनमा पिएसजीको यो पहिलो बराबरीको नतिजा हो । बराबरीपछि अपराजित रहेको पिएसजी चार खेलबाट १० अंक जोडेर शीर्षस्थानमा रहेको छ । समान १० अंक नै रहे पनि मार्से र लेन्स गोलअन्तरमा पछि छन् । मोनाको ५ अंक जोडेर १२औं स्थानमा छ ।

बार्साको जित
बार्सिलोनाले स्पेनिस ला लिगामा रियल भालाडोलिडमाथि ४-० को फराकिलो जित हात पारेको छ । बार्सिलोनाको सहज जितमा पोलिस फरवार्ड रोबर्ट लेवान्डोस्कीले दुई तथा पेड्रो र सर्जी रोबर्टाेले समान एक÷एक गोल गर्नुभयो ।
खेलको २४औं मिनेटमा लेवान्डोस्कीको गोलबाट बार्सिलोनाले अग्रता लिएको थियो । ४३औं मिनेटमा औसमाने डेम्वेलेको पासमा पेड्रीले गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर पार्नुभयो । ६४औं मिनेटमा लेवान्डोस्कीले डेम्वेलको पासमा व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गोल गर्नुभयो । इन्जुरी समयमा सर्जी रोबर्टाेले टोलीका लागि चौथो गोल गर्नुभएको थियो ।

ला लिगामा बार्सिलोनाको यो तेस्रो खेलमा दोस्रो जित हो । बार्सिलोना पहिलो खेलमा रायो भालेकानोसँग बराबरीमा रोकिएको थियो । लगातार दोस्रो जितसँगै बार्सिलोना तीन खेलबाट सात अंक जोडेर तेस्रो स्थानमा रहेको छ । पराजित रियल भालाडोलिड एक अंक जोडेर १९औं स्थानमा रहेको छ ।

म्याड्रिडको तेस्रो जित
रियल म्याड्रिडले स्पेनिस ला लिगामा लगातार तेस्रो जित हात पारेको छ । रियलले स्पान्योलमाथि ३-१ सहज जित निकालेको हो । रियलको जितमा बेन्जेमाले दुई गोल गर्दा भिनिले एक गोल गर्नुभयो । स्पान्योलका जोसेलुले एक गोल फर्काउनुभयो ।

खेलको १२औं मिनेटमा गोल गर्न सफल हुनुभएको थियो । उहाँ औरेलिएन चुआमेनीको पासमा गोल गर्न सफल हुनुभएको थियो । ४३औं मिनेटमा जोसेलुले गोल गर्दै खेललाई १-१ गोलको बराबरीमा ल्याउनुभयो । ८८औं मिनेटमा बेन्जेमाले गोल गर्दै रियललाई २-१ को अग्रता दिलाउनुभयो । यस्तै इन्जुरी समयमा बेन्जेमाले फ्रिकिकमा गोल गर्दै रियललाई ३-१ को जित दिलाउनुभयो ।

लगातार तेस्रो जितसँगै रियल तीन खेलबाट नौ अंक जोडेर शीर्षस्थानमा उक्लिएको छ । समान नौ अंक नै रहे पनि रियल बेटिस गोलअन्तरमा दोस्रो स्थानमा छ । पराजित स्पान्योल एक अंक जोडेर १६औं स्थानमा छ । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?