काठमाडौं । सारा संसार मिडिया प्रालिको घोषणा तथा सम्मान कार्यक्रम २०७९ सम्पन्न भएको छ । सारा संसार मिडिया प्रालिकी संस्थापक अध्यक्ष सारिका तमाङको सभापतित्वमा सम्पन्न कार्यक्रममा विशिष्ठ अभिनेता नीरविक्रम शाह तथा विशिष्ठ अभिनेत्री गौरी मल्ललाई चलचित्र, कला तथा मनोरञ्जन क्षेत्रमा अतुलनीय योगदान पुर्याएबापत नगदसहित ताम्र पत्रद्वारा सम्मान गरिएको छ ।
सारा संसार मिडियाका कार्यकारी निर्देशक शंकरप्रसाद दुलाल तथा अध्यक्ष सारीका तमाङले संयुक्त रूपमा उहाँहरूलाई सम्मान गर्नुभएको थियो । सारा संसार मिडियाका सल्लाहकार राजु केसीको संयोजनमा सम्पन्न कार्यक्रममा विशिष्ठ अभिनेता शाह तथा मल्लले शुभकामना मन्तव्य दिनुभएको थियो ।
आगामी दिनमा हरेक वर्ष सातै प्रदेशका एक महिला तथा एक पुरुष स्रष्टालाई सम्मान गरिने कुरा सारा संसार मिडिया प्रालिकी संस्थापक अध्यक्ष तामाङले जानकारी गराउनुभयो । समाजसेवी, वरिष्ठ पत्रकार, सञ्चारकर्मी तथा विशिष्ठ व्यक्तित्वहरूको बाक्लो उपस्थिति रहेको कार्यक्रमको सहजीकरण सञ्चारकर्मी सुमनकुमार श्रेष्ठले गर्नुभएको थियो ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका