भारतमा बजार विस्तार गर्दै केटिएम सिटी

Read Time = 2 mins

काठमाडौं । शेर्पा आउटडोरको नेपाली ब्राण्ड केटिएम सिटीले भारतमा बजार विस्तार गरेको छ । स्वदेशी लुगा उत्पादन गर्दै आएको केटिएम सिटीले भारतको सिलगुढीमा नयाँ आउटलेट खोलेको हो ।

सिलगुढीस्थित होमल्याण्ड बिजनेश सेन्टरमा खोलिएको नयाँ आउटलेट पाँच हजार स्क्वायर फिटमा फैलिएको छ । यसअघि भारतका विभिन्न छ स्थानमा आउटलेट सञ्चालन गरेर व्यवसाय गर्दै आएको केटिएम सिटीले सिलगुढीमा पनि सेवा विस्तार गरेको हो । चाँडै भारतको राजधानी नयाँदिल्लीको व्यापारिक महलमा समेत लैजाने केटिएमको तयारी छ ।

नेपाली उत्पादन केटिएम सिटीले देशभर विभिन्न आउटलेटमार्फत् आफ्नो सेवा प्रदान गर्दै आएको छ । काठमाडौंसहित धरानदेखि बुटवलसम्म केटिएमले आउटलेट सञ्चालन गरेर सुलभ मूल्यमा अन्तर्राष्ट्रियस्तरको गुणस्तरीय लुगा उपलब्ध गराउँदै आएको जनाएको छ ।

कम्पनीद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ, ‘केटिएम सिटीले गुणस्तरीय लुगामा देशलाई आत्मनिर्भरमात्र बनाएको छैन । अन्तर्राष्ट्रिय बजारमा नेपाली ब्राण्डका रूपमा आफूलाई स्थापितसमेत गर्न खोजिरहेको छ । भारतीय बजारमा केटिएम सिटीले राम्रो सफलता प्राप्त गर्ने विश्वास हामीले लिएका छौं । अब हामी नेपालमात्र नभई अन्तर्राष्ट्रिय बजारमा नेपाली लुगाको सम्भावना र बजार खोजिरहेका छौं । नेपाली ब्राण्डको लुगा निर्यात गरेर देशको अर्थतन्त्रमै टेवा पुर्‍याउने हिसाबले योजना बनाइरहेका छौंं ।’ केटिएम सिटी नेपालको राष्ट्रिय फुटबल टिमको आधिकारिक किट पार्टनर हो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?