धनगढीमा टिभिएसको एओजी राइड

Read Time = 2 mins

धनगढी । टभिएसले धनगढी क्षेत्रमा आफ्ना ग्राहकवर्ग लक्षित ‘अपाचे ओनर ग्रुप’ (एओजी) रोमाञ्चक राइड संस्करण आयोजना गरेको छ । भदौ ११ गते धनगढीको वागेश्वरी अटोमोटिभ्स प्रालिदेखि स्टेट ७ होटल गोदावरीसम्म आयोजित राइडअन्तर्गत ४० जना राइडरले उत्साहजनक सहभागिता जनाएको कम्पनीले जनाएको छ । कार्यक्रममा राइडमा युटुवर रूपेश विक, भ्लगर चिरञ्जीवी उपाध्याय र टिकटिकर लोकेश ठकुरीलगायतको सहभागिता थियो ।

सहभागीहरूले राइडका क्रममा सडक सुरक्षासम्बन्धी थप जानकारीसमेत मिलेको बताएका छन् । नेपालको चर्चित एवं पर्यटकीयस्थल धनगढीमा राइड कार्यक्रम आयोजना हुनु स्वागतयोग्य भन्दै आगामी दिनमा कार्यक्रमको निरन्तरताका लागि आग्रह गरेको कम्पनीले जनाएको छ ।

टिभिएसले हालसम्म एओजी राइडअन्तर्गत काठमाडौं, कोशी, गण्डकी, लुम्बिनी र नारायणी च्यापटरमा सम्पन्न गरिसकेको छ । जगदम्बा मोटर्स प्रालि नेपालमा टिभिएस दुईपांग्रे सवारी साधनको एकमात्र आधिकारिक बिक्रेता हो । कम्पनीका अनुसार नेपालभर एक सय ३२ भन्दा बढी डिलरको बलियो राष्ट्रव्यापी वितरण सञ्जाल रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?