काठमाडौं । एमजी मोटर्स नेपालको आधिकारिक बिक्रेता प्यारामाउन्ट मोटर्स प्रालिले नेपालमा पहिलोपटक विश्वको सबैभन्दा सानो स्मार्ट इलेक्ट्रिक भेहिकल चार्जर सार्वजनिक गरेको छ । जुन विश्वभरिका ऊर्जा सचेत इभी युजरका लागि डिजाइन गरिएको हो ।
कम्पनीका अनुसार इभी चार्जिङ ब्रिटिश प्रदायकको विद्युत्बाट चल्ने सवारी साधनको प्राविधिकरूपमा सक्षम चार्जिङ सोलुसन हो । जसले इभी चार्जिङ स्टेशन र हार्डवेयर-एग्नोस्टिक क्लाउड–बेस्ड चार्ज पोइन्ट व्यवस्थापन सफ्टवेयर डिजाइन र निर्माण गर्छ ।
इभीको टेक्नोलोजी विश्वका ठूला व्यवसाय र अमेजन, डिएभएल र टेस्को जस्ता फ्लिट अपरेटरहरूले प्रयोग गर्दै आएका छन् भने विश्वभर ३५ भन्दा बढी देशमा वितरण भएको छ । कम्पनीले मर्सिडिज बेन्ज भ्यानजस्ता धेरै निर्मातासँग चार्जिङ पार्टनरका रूपमा साझेदारी पनि गर्दै आएको छ ।
डिसेम्बर २०२१ मा इभीले युके, आयरल्याण्ड र स्क्यान्डिनेभियामा ६० हजार चार्ज पोइन्ट स्थापित गरेको थियो । कम्प्याक्ट चार्जरमा एक वर्षको वारेन्टी र मूल्य भने ८५ हजार रुपैयाँ रहेको छ ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
गल्तीलाई आत्मसात गर्ने कि अझै
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
देशले प्रधानमन्त्री भएको हेर्न चाहेको