केन्याविरुद्ध निर्णायक खेल खेल्दै नेपाल

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेपालले केन्यासँगको पाँच टी-२० क्रिकेट सिरिजअन्तर्गत आज (मंगलबार) अन्तिम खेल खेल्दै छ । सोमबार भएको चौथो खेलमा नेपाल ७ रनले पराजित भएसँगै सिरिज २/२ को बराबरीमा पुगेको छ ।

सिरिजमा कब्जा जमाउन मंगलबारको खेल निर्णायक हुनेछ । यी दुई बीचको खेल नेपाली समय अनुसार दिउँसो ३ः४५ बजे सुरु हुनेछ।

पाँच खेलको सिरिज अन्तर्गतको यस खेल सिरिजको निर्णायक खेल हो। किनकि चार खेल सकिदा सिरिज २/२ को बराबरीको अवस्थामा रहेको छ । यस खेल जित्नेले सिरिज जित्नेछ ।

पहिलो खेलमा नेपालले केन्यालाई ५ विकेटले हराएको थियो। दोस्रो खेलमा केन्याले पुनरागमन गर्दै नेपाललाई १८ रनले हराएको थियो। यस्तै, तेस्रो खेलमा नेपालले ४ विकेटको जित निकालेको थियो।

सोमबार भएको चौथो खेलमा नेपाललाई केन्याले ७ रनले हराएको थियो । टी-२० सिरिजपछि नेपालले घरेलु टोलीसँग एकदिवसीय सिरिज खेल्नेछ।

पहिलो एकदिवसीय खेल भदौ १७ गते, दोस्रो खेल भदौ १८ गते र तेस्रो खेल भदौ २० गते हुनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?