खुर्सानेडाँडादेखि पटौटी सडकखण्डको बहुवर्षीय योजना स्वीकृत

हिमालय टाइम्स
Read Time = 3 mins

रमेश विश्वकर्मा/हिटा
गुल्मी । गुल्मीको रेसुंगा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीको पटक-पटकको पहलमा सालझण्डी-पटौटी-दुर्गाफाँट-खज्र्याङ-तम्घास सडकअन्तर्गत खुर्सानेडाँडादेखि पटौटी सडकखण्ड बहुवर्षीय योजना स्वीकृत भएको छ । यस सडकखण्डका लागि एक अर्ब ५१ करोडको बहुवर्षीय योजना स्वीकृत भई टेण्डर प्रक्रिया अगाडि बढेको हो ।
०७० सालमा सालझण्डी-पटौटी-दुर्गाफाँट-खज्र्याङ-तम्घास सडकको निर्माण कार्य शुभारम्भ गरिएको थियो । संविधानसभा सदस्य डा. चन्द्र भण्डारीको पहलमा यो सडक निर्माणको कार्य अगाडि बढाइएको थियो ।

नगरप्रमुख पन्थीले पटक-पटकको पहलमा यस सडकखण्डलाई बहुवर्षीय योजनाका रूपमा स्वीकृत गर्न सफल भएको बताउनुभयो । उहाँले पटौटीदेखि रांगबास सडकखण्डको निर्माण कार्य पनि अगाडि बढिरहेको बताउनुभयो । ‘खुर्सानेडाँडादेखि पटौटी सडकखण्ड बहुवर्षीय योजनामा स्वीकृत भई टेण्डर प्रक्रिया अगाडि बढेसँगै अब गुल्मेली जनताको सहज र जोखिममुक्त सडकबाट यात्रा गर्ने सपना पूरा हुँदैछ,’ उहाँले भन्नुभयो, ‘निर्माण कार्यलाई छिटोभन्दा छिटो सम्पन्न गर्नका लागि हामी सबैको महत्वपूर्ण भूमिका रहनेछ ।’

अहिलेको निर्माणको गति निकै ढिला भएको भन्दै नगरप्रमुख पन्थीले भन्नुभयो, ‘समयमा प्रायः कुनै पनि योजना सम्पन्न नहुने गरेको छ । निर्माण अवधिले निकै लामो समय लिने गरेको छ । यसमा हामी सबै सचेत हुनु जरुरी रहेको छ ।’

गुल्मी जिल्लाको समुन्नतिको मेरुदण्डका रूपमा रहेको यो आयोजनालाई समयमै सम्पन्न गर्न जिल्लाका राजनीतिक दल, जनप्रतिनिधिहरू, निर्माण व्यवसायी, पत्रकार, नागरिक समाजलगायत सबै गुल्मेलीहरूले आ-आफ्नो ठाउँबाट सकरात्मक भूमिका निर्वाह गर्नसमेत नगरप्रमुख पन्थीले आ≈वान गर्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?