हिन्दू नारी र तीज पर्व

विश्वनाथ खरेल
Read Time = 10 mins

तीज एउटा राष्ट्रिय संस्कृति बोकेको एक राष्ट्रिय पर्व हो । यो नेपाली संस्कृतिमा प्रमुख आधार भनेकै विभिन्न धर्मका धर्मशास्त्र, ग्रन्थ, प्राचीन लिपिहरू, पुराणहरू र ऋषिमुनि एवं प्राचीन दार्शनिकका दर्शन हुन् । यिनै दर्शन तथा धर्मशास्त्रलाई आधार मान्दा तीज नितान्त महिलाहरूको पर्व हो जहाँ दाजुभाइले दिदीबहिनीलाई माइतीमा आमन्त्रण गरी मिठो मसिनो पकवान खुवाउने, नाचगान गर्ने र वर्षभरिका पीडाहरू बिर्साउने गरी तीजे लयमा आफ्ना वर्षभरिका पीडाहरू व्यक्त गर्ने पर्वका रूपमा यस पर्वले महत्व पाएको छ । यसरी प्रत्येक वर्ष भाद्र शुल्क तृतीयाका दिन मनाइने तीज स्त्रीजातिका लागि महत्वपूर्ण चाड मानिन्छ ।

यसर्थ धार्मिक तथा संस्कृति दृष्टिले पनि नित्यकर्म सकेर निराहार भई शिवजीको आराधना गर्नाले जन्म जन्मान्तरको पाप नाश हुने र भाग्यको वृद्धि, सन्तानको कल्याणका साथै इहलोकदेखि परलोकसम्म कल्याणकारी मानिने यो पर्व सामाजिक सन्दर्भका दृष्टिले पनि अत्यन्त महत्वपूर्ण छ । नेपालीहरूको घरआँगनमा हरितालिका तीजले निकै महत्व राख्ने गर्छ । यो चाड विशेषगरी महिलाहरूको हो । पहिले यो पर्व हिन्दू महिलाहरूको मात्र तीज पर्व मान्थ्यिो तर हिजोआज यसले सबै वर्ग र समूहलाई समेट्न थालेको छ ।

अब यो हिन्दू महिलाहरूको मात्र पर्वको रूपमा सीमित रहेन । सबै जातजाति, भाषाभाषीका महिलाहरू रातै सारीमा विशेषगरी तीजकै पहिरनमा ठाँटिएका देखिन्छन् । यसपालि पनि तीजको रौनकले एक महिना अधिदेखि नै हाम्रो घरआँगनमा ढाकिसकेको छ । विगत केही वर्षदेखि घाँटी नहेरी हाड निल्ने प्रचलन बढ्दै गएको छ जसले गर्दा हुने खानेलाई त राम्रै होला तर नहुने मध्यम वर्गलाई नराम्रो असर परेको छ । यही कुरालाई राम्ररी बुझेर होला अधिल्लो वर्षदेखि तीज भड्किलो नबनाउनका लागि भड्किलो तीजविरुद्ध अभियान पनि चालिएका थिए ।

शास्त्रीय विधानअनुसार तीज पर्वका दिनमा नारीहरूले पानीसमेत नखाई उपवास बस्छन् । यसदिन कुनै नारीले पानी खाएमा उसले आफ्नो पतिको रगत पिएको बराबर पाप लाग्छ भन्ने कुरा धार्मिक ग्रन्थमा उल्लेख रहेको किवंदन्ती रहेको पाइन्छ ।

हरितालिका पर्व नेपाली नारीहरूको अत्यन्त ठूलो पर्व हो । तीजको अधिल्लो दिनलाई दरखाने दिनले चिनिन्छ । जसमा मीठा-मीठा तागतदार दरिलो भोजन तयार गरेर खाइन्छ । आजकाल यो दरखाने दिनको समय बढेर तीज आउनुभन्दा २०-२५ दिन अगाडिदेखि नै आफ्ना चेलीबेटीहरू एवं आफन्तलाई डाकेर ख्याउने प्रचलन काठमाडौंमा बढी देखिएको छ । महिलाका लागि यो पर्व ज्यादै कठिन मानिन्छ । यस पर्वका दिन बिहान महादेवको पूजा-आजा गरी नजिकको शिव मन्दिरमा गएर पूजा-अर्चना गरेर सम्पन्न गरिन्छ । यस दिनमा प्रत्येक विवाहित, नारीहरूले आआफ्नो पुरुषको सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको कामना गर्दछन् भने अविवाहित स्त्रीहरूले राम्रो पति पाइयोस् भन्ने कामनाका साथ यो व्रत बस्ने गर्दछन् ।

शास्त्रीय विधानअनुसार तीज पर्वका दिनमा नारीहरूले पानीसमेत नखाई उपवास बस्छन् । यसदिन कुनै नारीले पानी खाएमा उसले आफ्नो पतिको रगत पिएको बराबर पाप लाग्छ भन्ने कुरा धार्मिक ग्रन्थमा उल्लेख रहेको किवंदन्ती रहेको पाइन्छ । तसर्थ उक्त अवसरमा पानीसमेत नखाई उपवास बस्ने प्रचलन छ । प्राचीन समयमा पार्वतीले शिव वर पाऊँ’ भनी तीजको व्रत गरेको हुनाले नै पार्वतीले शिव वर पाएकी हुन् भन्ने धार्मिक शास्त्रमा उल्लेख छ । तर, आजकाल विवाहपूर्वका कन्याकेटीहरू समेत हरितालिक व्रत बस्छन्, किनकि पार्वतीले शिव वर पाएजस्तै आफूले पनि चिताएको वर या राम्रो सुयोग्य वरको कामनाका साथ उपवास बस्ने प्रचलन छ ।

विवाह गरेर आफ्नो घरमा गएका चेलीहरूले घरमा सबैको बुहार्तन, अपमान सहनुपथ्र्यो । यो क्रम अहिले पूरै सकिएको छ भन्न सकिँदैन । यस्ता किसिमका विगतका तीता मनको दुःख पीडालाई पोख्ने माध्यम यस अवसरमा मिल्दछ । यस पर्वमा महिलाहरूले आफ्नो जन्मघर छोडी कर्मघर जाँदा, बस्दा भोग्नुपरेका दुःख वेदनालाई लयात्मक ढंगबाट गीतको माध्यामबाट व्यक्त गरी रमाइलो गर्ने गर्दछन् । नारीहरूलाई आफ्नो माइतीप्रतिको माया, मोह र स्नेह ज्यादै नै गहिरो रहेको छ भन्ने कुरा पनि यस पर्वबाट स्पष्ट हुन्छ ।

आफ्नो माइती घरमा सँगै खेलेर बसेका सँगिनीसँग भेटधाट गरी विगतका मीठा-नमीठा भोगाइलाई गीतको रूपमा व्यक्त गर्दछन् । धेरैदिनसम्म छुट्टिएर रहेका साथी-सँगिनी, इष्टमित्र, दाजुभाइ, दिदीबहिनीको मिलन हुने दिन हो तीज । अनि राम्रो मीठो खाने र वर्ष दिनको मनको बह पोख्ने दिन हो । त्यसैले यो दिनलाई नारीहरूको दुःख पोख्ने दिनको रूपमा चिनिन्छ ।

समग्रमा भन्नुपर्दा अहिले जति पनि महिलामाथि भएका हिंसाका घटनाहरू बाहिर आएका छन्, ती सबै पितृसत्तात्मक सोच र सामन्ती संस्कृतिका कारणल नै भएका छन् । यसै वर्ष पनि अधिकांश महिलाले तीजको कार्यक्रम गरिरहँदा ठाउँ–ठाउँमा बलात्कृत भएको समाचार आई नै रहेको छ । छाउपडीमा बस्दा बालिकाको ज्यान गएका समाचार पनि पढिएकै छ भने सुत्केरी हुँदा अस्पताल जान नपाई ज्यान गुमाएका घटना पनि बाहिर आई नै रहेका छन् । यसर्थ धर्म, चाडपर्व र संस्कृतिका नाममा हुने यस्ता अनेक बन्धनबाट महिलाहरू मुक्त र स्वतन्त्र भए भने उनीहरूमाथि हुने हिंसा स्वतः कम हुन्छन् । अतः अझै उनीहरूमा धर्म, संस्कृति, समाजको डर कायमै छ ।

तिनै पर्वहरूका जगमा टेकेर महिलामाथि हिन्दू धर्मले शोषण गरेको छ । जहाँबाट स्वतन्त्रता खोज्ने, अन्यायका विरुद्ध आवाज उठाउने तथा समान अधिकार खोज्ने समयमा निराहार व्रत बस्नुपर्ने बाध्यतामा महिलाहरू मन्दिर धाइरहेका छन् ।

यस्तो सोचबाट शिक्षित महिला पनि ग्रसित देखिन्छन् । हुन त तीजजस्ता पर्व धार्मिक उत्पीडनको पर्व हो भनेर फलाक्ने राजनीतिक दलका नेतृ तथा नेताहरू पनि तीजका कार्यक्रमहरूमा महँगा सारी र गहना लगाएर आएको देख्दा अचम्म लाग्छ । उनीहरूमा पनि पर्वका बारे खुलेर विरोध गर्ने आँट छैन । हुन त तीज परापूर्वककालदेखि मानाइँदै आएको एउटा सांस्कृतिक पर्व हो । यसरी तीजजस्तै महिलामाथि सांस्कृतिक शोषण हुने अरू धेरै पर्वहरू छन् ।

तिनै पर्वहरूका जगमा टेकेर महिलामाथि हिन्दू धर्मले शोषण गरेको छ । जहाँबाट स्वतन्त्रता खोज्ने, अन्यायका विरुद्ध आवाज उठाउने तथा समान अधिकार खोज्ने समयमा निराहार व्रत बस्नुपर्ने बाध्यतामा महिलाहरू मन्दिर धाइरहेका छन् भने श्रीमान्को लामो आयुको कामना गर्दै गोडाको पानी खानुपर्ने बाध्यतामा छन् । जसमा दान, धर्म, व्रतमै व्यस्त भएपछि उनीहरूले अधिकार खोज्दैनन् र पुरुषहरूले मात्रै सत्ताको साँचो समाइरहन पाउने सोचबाट यस्ता पर्वहरू ग्रसित देखिन्छन् । नत्र भने एक्काइसौँ शताब्दीको यो वैज्ञानिक युगमा पनि महिलाहरू किन त्यस्ता प्रचीनकालीन मिथकबाट मुक्त हुन सकेका छैनन् ?

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?