पल शाहविरुद्ध मुद्दाको आज पेसी

Read Time = 1 min

तनहुँ । नाबालिका बलात्कारको अभियोगमा थुनामा रहेका अभिनेता पल शाहविरुद्धको मुद्दामाथि मंगलबार सुनुवाइ हुँदै छ । उनीविरुद्ध दर्ता भएको मुद्दाको तनहुँ जिल्ला अदालतले मंगलबारका लागि पेसी तोकेको छ ।

अभिनेता शाहविरुद्ध तनहुँ र नवलपुरमा बलात्कार मुद्दा दर्ता भएको छ । मंगलबार तनहुँमा सुनुवाइ हुने भएको छ भने २१ भदौका लागि नवलपुर अदालतले पेसी तोकेको छ ।

दुवै अदालतले अभिनेता शाहलाई पुर्पक्षका लागि थुना राख्न आदेश दिएको छ । सोहीअनुसार गत ३० चैतदेखि उनी तनहुँ कारागारमा छन् ।

गत ११ फागुनमा नावालिकमाथि बलात्कार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय तनहुँमा शाहविरुछ उजुरी प¥यो । यसको ४ दिनपछि १५ फागुनमा अभिनेता शाहले जिल्ला प्रहरी कार्यालय, तनहुँमा आत्मसमर्पण गरेका थिए।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?