नेपाल र केन्या अन्तिम खेल : ज्ञानेन्द्रले बनाए अर्धशतक

Read Time = 2 mins

काठमाडौं । नेपाल केन्याविरुद्धको पाँचौँ तथा अन्तिम टी–२० अन्तरराष्ट्रिय क्रिकेटमा अहिले भिडिरहेको छ । नेपालले टस जितेर अहिले ब्याटिङ गरिरहेको छ ।

केन्याको नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा ब्याटिङ गर्ने क्रममा नेपालले केहीबेर अघिसम्म १४ ओभरमा दुई विकेट गुमाएर एक सय १९ रन बनाएको छ । नेपालका लागि अर्जुन साउदले २९ तथा दीपेन्द्रसिंह ऐरीले २२ रनको योगदान दिए । ज्ञानेन्द्र मल्ल अद्र्धशतक बनाउँदै क्रिजमा छन् । उनले ४३ बलमा ५९ रन बनाएका छन् । यस क्रममा मल्लले दुई छक्का र पाँच चौका प्रहार गरेका छन् । मल्ललाई मैदानमा रोहितकुमार पौडेलले साथ दिइरहेका छन् । उनी चार बल खेल्दै एक चौकासहित आठ रन बनाएर मैदानमा छन् ।

बलिङतर्फ केन्याका सेम नगोची र विराज पटेलले एक एक विकेट लिएका छन् । जारी सिरिजमा आजको खेल निर्णायक हो । यसअघि सम्पन्न चारमध्ये नेपाल र केन्याले दुई दुई खेल जितेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?