रोल्पा । गत शुक्रबार राति भएको जीप दुर्घटनामा खोलामा खसेर बेपत्ता भएका चालकको शव ४ दिनपछि फेला परेको छ ।
रोल्पाको माडी गाउँपालिका ४ माडी खोलामा भएको जीप दुर्घटना चालक बेपत्ता भएका थिए । शव फेला पर्नेमा नुवाकोटको ककनी गाउँपालिका–३ का ३१ वर्षीय वुद्धिबहादर लामा रहेका छन् ।
इलाका प्रहरी कार्यालय घर्तीगाउँबाट खटिएको प्रहरीको टोलीले स्थानीय वासिन्दाको सहायतामा खोजतलास गर्ने क्रममा मंगलबार साढे दुई बजे शव भेटेको प्रहरीले जनाएको छ ।
शहीद मार्गको माडी गाउँपालिका–४ सिस्ने बजारबाट घर्ती गाउँतर्फ आउँदै गरेको बा ७ च ५००२ नम्बरको उक्त जीप सडकबाट अन्दाजी १०० मिटर तल माडी खोलामा खसेर दुर्घटनाग्रस्त भएको थियो ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका