नेपालमा विश्वकपको ट्रफी

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । आइसिसी टी-२० विश्वकपको ट्रफी नेपाल आइपुगेको छ । विश्व भ्रमणअन्तर्गत नेपाल आइपुगेको ट्रफी नेपालका विभिन्न स्थानमा प्रदर्शनका लागि राखिनेछ । मंगलबार बिहान ट्रफी सोलुखुम्बु जिल्लामा रहेको गोक्यो ताल र कालापत्थरमा राखिनेछ ।

यी दुई हिमालको काखमा राखेपछि दिउँसो समय अनुकूल भएमा राष्ट्रपति वा प्रधानमन्त्री कार्यालय लैजाने कार्यक्रम छ । मंगलबार बेलुका नै क्यानले क्रिकेट सम्बन्धित व्यक्ति र प्रायोजकमाझ ट्रफीसहित गाला डिनर आयोजना गर्दैछ ।

बुधबार ट्रफीको सार्वजनिक प्रदर्शनी हुनेछ । बिहान ११ बजेदेखि १ बजेसम्म भक्तपुर दरबार स्क्वायरमा आमनागरिकमाझ अवलोकनका लागि खुला राखिने क्यानले जनाएको छ ।

नेपालको सुन्दरता ट्रफी ल्याएको आइसिसी प्रतिनिधि सोमरेश रेड्डीले जानकारी दिनुभयो । निसानसँग सहकार्य गरेर आइसिसीले ट्रफी विश्वभर भ्रमण गराउँदै आएको छ । ट्रफी खेलाडी तथा राष्ट्रप्रमुखबाहेक अन्यले छुन पाउँदैनन् । ट्रफीका साथ राष्ट्रिय टोलीका पूर्वअलराउण्डर महबुब आलम जानुभएको छ ।

विश्वकपको ट्रफी १३ देशका ३५ स्थानमा पुर्‍याइनेछ । फिजी, फिनल्याण्ड, जमर्नी, घाना, इण्डोनेसिया, जापान, नामिबिया, नेपाल, सिंगापुर, भनुआतुमा पहिलोपटक टी-२० विश्वकपको ट्रफी पुग्नेछ । जुलाई ८ देखि मेलबर्नबाट सुरु भएको हो ।

अक्टोबर १३ मा अष्ट्रेलियाको जिलङमा पुगेर सकिनेछ । टी-२० विश्वकपको ट्रफी नेपालमा पहिलोपटक आउन लागेको हो । यसअघि २०१९ मा इंग्लयाण्डमा भएको एकदिवसीय विश्वकपको ट्रफी भने नेपालको काठमाडौं र पोखरा पु¥याइएको थियो ।

टी-२० विश्वकप २०२२ अष्ट्रेलियामा १६ अक्टोबरदेखि नोभेम्बर १३ सम्म हुनेछ । नेपालले गत फागुनमा आइसिसी टी-२० विश्वकप छनोट ‘ए’ को पहिलो सेमिफाइनल खेलमा युएईसँग ६८ रनले पराजित हुँदै टी-२० विश्वकप खेल्ने अवसर गुमाएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?