सद्गुरुको ‘माटो जोगाऔँ’ अभियानमा सम्झौता हुँदै

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । विश्वप्रसिद्ध सदगुरु, जग्गी वासुदेवको ‘माटो जोगाऔँ’ अभियानअन्तर्गत नेपाल सरकारसँग यही भदौ १७ गते अर्थात् सेप्टेम्बर २, मा सम्झौता ज्ञापनपत्रमा हस्ताक्षर हुनेभएको छ । नेपाल सरकारको तर्फबाट कृषि तथा पशुपक्षी विकास मन्त्रालय र ‘माटो जोगाऔँ’ अभियानबीच ललितपुरस्थित गोदावरी सनराइज सम्मेलन केन्द्रमा हस्ताक्षर हुने निश्चित भएको हो ।

माटो जोगाऔँ अभियान माटोको विनाशलाई सम्बोधन गर्नको लागि ईशा फाउण्डेशन नामको लाभरहित मानव सेवी संस्थानका संस्थापक सद्गुरुद्वारा पहल गरिएको विश्वव्यापी अभियान हो । माटोलाई स्वस्थ राखिरहनका लागि विश्वभरिका मानिसलाई एकजुट गर्ने साथै उब्जाउयोग्य माटोमा जैविक पदार्थको मात्रा वृद्धि गर्न हरेक राष्ट्रमा राष्ट्रिय नीति निर्माण र कार्यान्वयन गर्न सबै राष्ट्रका नेतृत्वकर्तालाई सहयोग गर्ने अभियानको उद्देश्य रहेको छ ।

माटोलाई स्वस्थ राखिरहनको लागि विश्वभरिका मानिसहरूलाई एकजुट गर्ने साथै उब्जाउ योग्य माटोमा जैविक पदार्थको मात्रा वृद्धि गर्नका लागि हरेक राष्ट्रमा राष्ट्रिय, नीति निर्माण र कार्यान्वयन गर्न सबै राष्ट्रका नेतृत्वकर्तालाई सहयोग गर्ने अभियानको उद्देश्य छ ।

माटोको विनाशको संकटलाई सबैसामु छर्लंग पार्नका लागि सद्गुरुले गत मार्चमा २७ राष्ट्रहरूमा १०० दिने यात्रा सुरु गर्नुभएको थियो । यात्राको सुरुवातदेखि ८० राष्ट्रहरूले माटो जोगाऔँ अभियानलाई समर्थन गरेका छन् । ६ क्यारिबियन राष्ट्रहरू, अजरबैजान, युएईलगायत राष्ट्रहरूले माटो जोगाउन सम्झौता ज्ञापनपत्रमा हस्ताक्षरसमेत गरिसकेका छन् भने पर्यावरणीय कार्यको नेतृत्व गरिरहेका अन्तर्राष्ट्रिय संस्थाजस्तै कि आ.यू.सी.एन., संयुक्त राष्ट्रसंघका संस्थाहरू, यू.एन.सी.सी.डी., डब्ल्यू.एफ.पी. तथा अन्य संस्थाहरू पनि यस अभियानसँग साझेदारी गर्न अग्रसर भएका छन् ।

उक्त दिन साँझ ६ः३० बजेदेखि गोदावरी सनराइज सम्मेलन केन्द्रमा हुन गइरहेको सम्झौता ज्ञापनपत्रमा हस्ताक्षर कार्यक्रममा सद्गुरुले तत्काल माटो जोगाउन किन आवश्यक छ भन्नेबारे सम्बोधन दिने कार्यक्रमसमेत रहेको छ । नेपालमा आयोजना हुने उक्त माटो जोगाऔँ अभियानको कार्यक्रममा नेपाल सरकारका विभिन्न मन्त्रालयअन्तर्गतका मन्त्रीहरू तथा पाँच हजारभन्दा बढी मानिस उपस्थित हुने आयोजकको अपेक्षा छ ।

विश्वभर माटो विनाश भइरहेको विषयप्रति तत्काल सबैको ध्यान आकर्षित हुनुपर्ने कुराको प्रचारप्रचार आफ्नो सामाजिक दायित्व भएको भन्दै नेपाल नेटवर्क टेलिभिजनले प्रत्यक्ष प्रसारण गर्ने तयारी छ । यसबाट कार्यक्रममा सहभागी हुन नसक्ने दर्शकहरूले नेपाल नेटवर्क टेलिभिजनमार्फत घरबाटै माटोको महत्ववारे ज्ञान लिन तथा कार्यक्रमलाई प्रत्यक्ष हेर्न सक्ने बताइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?