‘द कलेज एम्बेसडर’ का प्रतियोगीले देखाए प्रतिभा

Read Time = 1 min

काठमाडौं । ‘द कलेज एम्बेसडर २०२२’ प्रतियोगीले आफूमा रहेको प्रतिभा देखाएका छन् । हुकुम दरबार कमल पोखरीमा आयोजित प्रतिभा चरणअन्तर्गत प्रतियोगीहरूले नृत्य, गायन, अभिनय, वक्तित्वकला, चित्रकलालगायत विषयमा आफूमा रहेको प्रतिभा प्रदर्शन गरेका हुन् ।

डान्स कोरियोग्राफर श्रेया महर्जन, सौदर्य प्रतियोगिता विजेता पूजा पुरी र प्रोफेसर बिनय रञ्जितलगायत प्रतियोगिताको निर्णायकमा रहनुभएको थियो । प्रतियोगितामा आठ महिला र आठ पुरुष प्रतियोगी छन् । प्रतियोगिताको यो ११औं संस्करण हो ।

यसका लागि उपत्यकाका नाइटिंगेल इन्टरनेशनल कलेज हेराल्ड कलेज, काठमाडौं स्कुल आफ सेन्टल स्टेज, किष्ट कलेज, गोल्डेन गेट अन्तर्राष्ट्रिय कलेज, वेष्टन कलेज, हृवाइटफिल्ट इन्टरनेशनल कलेज, कुसम, द टाइम्स इन्टरनेशनल कलेजका करिब ८० भन्दा प्रतियोगीले अडिशन दिएको आयोजक ग्रिनआर्ट मिडियाका सिइयो प्रवीण लाकौरले जानकारी गराउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?