रूसी सेनाद्वारा युक्रेनको खार्कोभ क्षेत्रमा रहेको उडी बस्ती नियन्त्रणमा

Read Time = 2 mins

किभ । रूसी सेनाले युक्रेनको खार्कोभ क्षेत्रमा रहेको उडी बस्ती नियन्त्रणमा लिएको युक्रेनले पुष्टि गरेको छ । १७ दिनअघि नै रुसको रक्षा मन्त्रालयका प्रवक्ता लेफ्टिनेन्ट जनरल इगोर कोनाशेनकोभले उडी रुसको नियन्त्रणमा आएको जानकारी दिनुभएको थियो । अहिले आएर युक्रेनले त्यसलाई पुष्टि गरेको हो । ‘रूसी सेनाको आक्रामक कारबाहीका कारण खार्कोभ क्षेत्रको उडीलाई पूर्ण मुक्त गरिएको छ,’ भनिएको छ ।

यस्तै स्वघोषित डोनेत्स्क जनगणतन्त्रमा रहेको पिस्की बस्ती पनि युक्रेनको नियन्त्रणबाट फुत्केको छ । यता, रुसले युक्रेन छाड्नेहरूलाई आर्थिक लाभ दिने भएको छ । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन छाड्ने मानिसलाई आर्थिक लाभ दिने योजना सुरु गर्नुभएको हो । यो योजनाअनुसार फेब्रुवरी १८ पछि युक्रेन छाडेकाले १० हजार रुबल वा प्रतिमहिना १७० डलर पाउने जनाइएको छ ।

योजनाअनुसार यसको फाइदा युक्रेन, डोनेस्क र लुहान्स्कका नागरिकले पाउनेछन् । डोनेस्क र लोहान्स्कलाई रूसले फेब्रुवरीमा स्वतन्त्र राज्यको रूपमा मान्यता दिएको थियो । युक्रेन र पश्चिमी देशहरूले रुसको यो कदमलाई गैरकानुनी भन्दै निन्दा गरेका छन् ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?