सेयरमा सामान्य वृद्धि

Read Time = 2 mins

काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार पनि सेयर बजार २.३३ अंकले बढेको छ । सोमबार ३.७६ अंकले बढेको नेप्से मंगलबार २.३३ ले बढेर १९९५.२४ अंकमा पुगेको हो । नेप्सेमा सुधार आए पनि कारोबार रकम भने घटेको छ । यस दिन २९ लाख १४ हजार पाँच सय पाँच कित्ता सेयर एक अर्ब एक करोड ९५ लाख १७ हजारको कारोबार भएको छ । सोमबार एक अर्ब २६ करोड ६६ लाख १९ हजार र आइतबार दुई अर्बभन्दा बढीको कारोबार भएको थियो ।

बैंकिङ, होटल तथा पर्यटन, हाइड्रोपावर, वित्त कम्पनी र बीमा समूहको सूचक घट्दा विकास बैंक, लघुवित्त, उत्पादनमूलकलगायतको सूचक भने बढेको छ । मंगलबार कुल एक सय ८६ कम्पनीको सेयर कारोबार भएकोमा ७४ कम्पनीको सेयर बढेको छ भने एक सय पाँच कम्पनीको सेयर मूल्य घटेको छ । सात कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । अपर हेवाखोला जलविद्युत् कम्पनीको सेयर मूल्य सर्वाधिक ८.४५ प्रतिशतले बढेको छ भने नबिल ब्यालेन्स फण्ड ३ को इकाई मूल्य ५.३२ प्रतिशत र ग्लोबल आइएमई समुन्नति स्किम १ को इकाई मूल्य ३.४९ प्रतिशतले बढेको छ ।

नेपाल दूरसञ्चार कम्पनीको नौ करोड ५७ लाख ७२ हजारको सेयर कारोबार भएको छ भने लाइफ इन्स्योरेन्स कर्पोरेसनको छ करोड ३९ लाख एक हजारको कारोबार भएको छ । विन नेपाल लघुवित्त कम्पनीको सेयरमूल्य ४.७७ प्रतिशत र एनआइसी एसिया ग्रोथ फण्डको इकाई मूल्य ४.०३ प्रतिशतले घटेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?