सिटी एक्सप्रेसको चाडपर्व अफर

Read Time = 1 min

काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले ‘विदेशबाट सिटी आयो, दशैं तिहारलाई गोल्डेन बनायो’ अफर ल्याएको छ । कम्पनीले दशैं, तिहार र छठ पर्व लक्षित गर्दै ६३ दिनसम्म चल्ने गरी अफर सार्वजनिक गरेको हो ।

अफरअन्तर्गत लक्की ड्रमार्फत् हरेक महिना एकजनालाई एक तोला सुन, हरेक हप्ता एकजनालाई १० तोला चाँदीका साथै ६३ दिन लगातार हरेक दिन १६ जनालाई आकर्षक गिफ्ट हृयाम्पर र अन्त्यमा एक बम्पर विजेतालाई पाँच तोला सुन उपहार प्रदान गरिने कम्पनीले जनाएको छ ।

अफर भदौ १५ गतेदेखि कात्तिक १५ गतेसम्म लागू हुनेछ । सो अवधिभर सिटी एक्सप्रेसमार्फत् देश विदेशबाट पैसा पठाउने सम्पूर्ण सेवाग्राही योजनामा सहभागी हुन सक्नेछन् । उपहार विजेता छनोट गर्दा विद्युतीय प्रणालीद्वारा गरिने र योजना सिटी एक्सप्रेसमा कार्यरत कुनै पनि कर्मचारीलाई लागू नहुने कम्पनीले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?