निलम्बित प्रधानन्यायाशीश जबरासँग बयान लिँदै महाभियोग सिफारिस समिति

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । संसदको महाभियोग सिफारिस समितिले आज निलम्बित प्रधानन्यायाशीश चोलेन्द्र शमशेर जबरासँग बयान लिँदैछ । समितिले आज राणालाई बयानका लागि बोलाएको हो ।

समितिले विभिन्न २१ वटा विषयसँग जोडिएका प्रश्नको जवाफ राणासँग माग्ने तयारी गरेको छ । महाअभियोग समितिले प्रश्नावलीहरूको तयारी गरेको थियो ।

राणालाई महाअभियोग लगाउनुपर्ने कारणहरूको अध्ययन गर्ने र आवश्यक प्रमाणहरू जुटाउने क्रममा विभिन्न स्रोतबाट प्रमाणहरू जुटाइएका छन् । त्यसमा नेपाल बार एसोसिएसनले पनि लामो विवरण समितिलाई बुझाएको छ ।

राणाले प्रधानन्यायाधीशको हैसियतमा भ्रष्टाचार गरेको सन्दर्भलाई बलियो मुद्दा बनाउने तयारीमा समिति रहेको छ ।

समितिले त्यसैको सेरोफेरोमा रहेर प्रश्नहरू तयार पारेको छ । राणाले भ्रष्टाचार गरेको, न्यायपरिषद्‌मा विवाद निकालेको, सहकर्मीले इजलासमा सँगै नबसेकोलगायतका दर्जनौँ प्रश्नहरू तयार गरेको बताइएको छ ।

समितिले भदौ १८ वा १९ गतेभित्र प्रतिनिधिसभालाई प्रतिवेदन बुझाउने गरी कार्यतालिका पारित गरेर अगाडी बढेको छ । २९ भदौभित्र राणाविरुद्धको महाभियोगबारे अध्ययन टुंग्याउने समितिको तयारी छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?