प्रदीप : एक सम्झना

Read Time = 14 mins

✍️ मनमोहन भट्टराई

व्यक्तिको अन्त्य हुन्छ, विचारको हुँदैन । त्यस्तै लाग्यो जब मैले प्रदीप गिरिलाई अन्तिम नमस्कार गरेँ । त्यो पनि सदाको बिदाइको लागि । वास्तवमा प्रदीप जे हुनुहुन्थ्यो त्यसभन्दा ठूलो सम्झना जस्तो देखिए पनि उहाँ यस्ता एक पात्र हुनुहुन्थ्यो जो काठमाडौं वा अन्त कतै जस्तो देखिनुभयो वा भोगिनुभयो त्यसभन्दा विल्कुलै पृथक एक अर्कै पात्र हुनुहुन्छ भन्ने कुरा आजको समाजले विस्तारै बुझ्नेछ ।

कुरा धेरै पहिलेको हो । यस्तै २०२५ सालतिरको होला । म भर्खर एसएलसी परीक्षा सकेर केही साथीसँग वनारस घुम्न गएको थिएँ । साथीहरूको सल्लाह अनुसार प्रदीप गिरिलाई भेट्न पुगियो । प्रदीपको कोठामा गइयो, ज्यादै सुन्दर स्थानमा बस्नुहुन्थ्यो । त्यसरी मलाई नाम थाहा छैन । प्रदीपजीले हाम्रो परिचय लिनुभयो र कुरा सुरु गर्नुभयो । त्यतिकैमा मसँग गएका साथीहरू केही अरू काम छ भनेर मलाई छाडेर हिँडे । म र प्रदीपजी मात्र कोठामा बाँकी रहृयौँ । उहाँले मलाई धेरै प्रश्न गर्नुभयो, कवि, लेखक, बुद्धिजीवी, चित्रकार कतिलाई चिन्दछौं ? कसका कुन चित्र हेरेका छौं ? के पढ्दैछौं ? आदि । मैले कुरा गर्ने त्यहाँ कुनै ठाउँ नै थिएन । कोठा वरिपरि हेर्दा केही किताबहरू सजाइएको एउटा ठूलो ¥याक थियो । त्यहाँ लेखिएका थुप्रै किताब थिए, कोठाभरि किताब छरिएका थिए । मेरो मन मस्तिष्क एकातिर थियो मतर्फ आएका प्रश्न अर्कैतिरका । तर, मैले अलि–अलि पढेको, अलिअलि हेरेको गर्दा–गर्दै दुई घण्टा बितेछ । त्यसपछि त्यहाँ एउटा कार्यक्रम थियो । राम्ररी याद त छैन तर सरस्वती पूजा जस्तो लाग्छ त्यहाँ गयौं । शैलजा दिदी पनि आउनुभयो र त्यहाँ प्रदीपजीले बोलेको अझै एक डेढ घण्टा होला, सुन्यौं । म अत्यन्त प्रभावित भएँ ।

जहाँसम्म लेनिनको कुरा छ, त्यसमा बेग्लै परिवर्तन आएको पछि कुराकानी गर्दा मलाई लाग्यो । माक्र्सवाद बारेको दृष्टिकोण भने जुन कुनै नेपाली कम्युनिष्टसँग मिल्दैन थियो । प्रदीपजीको कुरा सुन्दा आज हाम्रा वरिपरि देखिएका कम्युनिष्टहरू ती कुनै पनि अर्थमा माक्र्सलाई बुझ्दैनन् ।

यो भेटपछि उहाँले लेखेको पढिन्थ्यो । उहाँको बारेमा प्रशस्तै कुराकानी हुन्थ्यो । तर, भेटघाट त्यति भएको थिएन । यतिकैमा २०३४ सालमा म बझाङ गए । एम.डि.एस कार्यक्रममा एकजना मान्छे हामी कहाँ पुगे । उनको नाम पनि सम्झना छैन । के मनमा आयो कुन्नी मैले प्रदीपजीको कुरा झिके उनले राम्ररी चिन्दा रहेछन् हाम्रो अत्यन्त्य सौहार्दताका साथ कुरा भयो झण्डै दुई घण्टासम्म प्रदीपजीकै बारेमा । त्यसबेला उहाँले सँगै बिताएको सम्झना पनि गर्नुभयो । त्यसपछि उहाँलाई मैले दोहोर्‍याएर भेटेको छैन पनि । बीपी फर्कने कुरा थियो । त्यसबेला मलाई के लाग्यो कुन्नी मैले उहाँलाई एउटा पत्र लेखे । किन र के कारणले नेपाल फर्कँदै हुनुहुन्छ भनेर । त्यसबेला उहाँको र बीपीको भेटघाट हुँदैनथ्यो । त्यो म जान्दथेँ तै पनि मलाई उहाँबाट नै सुन्नु थियो ।

प्रदीपजीलाई सुरुमा भेट्दा उहाँ जुन हदसम्म माक्र्स र लेलिनलाई मान्नुहुन्थ्यो त्यो उहाँमा पछिसम्म थियो । तर, अरू माक्र्सवादीभन्दा बेग्लै किसिमले । जहाँसम्म लेनिनको कुरा छ, त्यसमा बेग्लै परिवर्तन आएको पछि कुराकानी गर्दा मलाई लाग्यो । माक्र्सवाद बारेको दृष्टिकोण भने जुन कुनै नेपाली कम्युनिष्टसँग मिल्दैन थियो । प्रदीपजीको कुरा सुन्दा आज हाम्रा वरिपरि देखिएका कम्युनिष्टहरू ती कुनै पनि अर्थमा माक्र्सलाई बुझ्दैनन् ।

विश्वव्यापी रूपमा समाजवादको विकास हुँदै जाँदा प्रदीपजीको प्रसंग अझ बढी सान्दर्भिक भएर आउँछ । भारतमा जयप्रकाश, लोहिया, नरेन्द्रदेव आदि जस्तै समाजवादी हुनुथ्यो प्रदीप । यथार्थमा नेपालमा नेपाली कांग्रेस पार्टीको आधारभूत मान्यताभित्र समाजवाद भए तापनि यसको आवधिक कार्यक्रममा समाजवाद वास्तवमा छैन । बीपी कोइराला, सुवर्ण शमशेर आदि पनि यही विचारबाट प्रेरित हुनुहुन्थयो । तर, बीपी र सुवर्ण शमशेरभन्दा प्रदीप बेग्लै प्रकृतिको हुनुहुन्थ्यो । उहाँँ अलि पछिल्लो समयसम्म यही समाजवादका प्रकृतिका हुनुहुन्थ्यो । बीपीको वैचारिक धरातल राम्ररी बुझ्नुभएका प्रदीपले उहाँको प्रसंगलाई लिएर कति कुरा वर्णन गर्नुभएको छ । जबकी उहाँसँग वैचारिक भिन्नता थियो ।

बीपीसँगको भेटमा कुराकानी चल्दा मैले कति पटक प्रदीपको कुरा उठाएको छु । केही सुनिहालिन्छ कि भनेर सधैं नै उहाँले राम्रो सम्बन्धका कुरामात्र गर्नुभयो । कहिल्यै आफू बेग्लै सोच्ने खालको कुरा गर्नुभएन कमसेकम मसँग । अरू कसैलाई उहाँहरूको बीचको बारे राम्ररी थाह होला, मलाई थाह छैन । मैले थाहा पाएनुसार एक समय गिरिजाप्रसाद कोइरालासँग भने उहाँको राम्रो सम्बन्ध थिएन । तर, पछि गिरिजाप्रसाद प्रधानमन्त्री भइसकेपछि उहाँहरूको सम्बन्धमा केही सुधार भएको थियो मैले बुझेअनुसार ।

अत्यन्त सरल स्वभावका प्रदीप कसरी हाम्रो जस्तो समाजमा पनि आराम र सुखका साथ बस्न सक्नुभयोे यो सम्झँदा अचम्म लाग्छ । उहाँको कुनै विषयमाथिको बुझाइलाई हेर्दा यस्तो लाग्छ, उहाँ अन्तैबाट सोच्नुहुन्छ ।

प्रदीप कम्युनिष्ट हुनुभएन तर उहाँको माक्र्सवादमाथि राम्रो अध्ययन र आफ्नै किसिमको बुझाइ थियो । त्यस अर्थमा आज कम्युनिष्ट भनेर चिनिने हाम्रा अघिल्तिरका पात्रभन्दा विल्कुलै पृथक, उहाँमा कुनै पनि हालतमा कम्युनिष्ट हुने सम्भावनासम्म थिएन । ‘माक्र्ससिष्ट’ हुनु र कम्युनिष्ट नहुनु यही नै उहाँको विशेषता थियो ।

उहाँका धेरै कुरा छन् सम्झनुपर्ने कति सम्झने । उहाँको अध्ययन यति धेरै थियो कि कुन विषय समातेर उहाँसँग कुरा गर्ने हर विषयमा पूर्ण जानकार जस्तो जवाफ दिनुहुन्थ्यो । कुरा चल्दा कतै मेल खायो या खाएन भने एउटा सिनेमाको नाम लिनुहुन्थ्यो र त्यसका पात्रहरूका बीचको संवाद देखाएर त्यो कुरा बुझाउनुहुन्थ्यो । कुनै बेला कुनै पुस्तकको नाम मात्र होइन कुन कुरो कुन पेजमा कहाँनेर छ त्यसको जानकारी उहाँमा विचित्रसँग हुन्थ्यो । तर, सबैले त्यति पढेका हुँदैनन् । सामान्य पढाइसम्म नगर्ने जोसुकैलाई सामान्य मित्रवत् व्यवहार गर्न उहाँ पछि पर्नुहुन्न थियो ।

कुनै-कुनै बेला व्यक्तिमाथि व्यंग्य गर्नु पनि उहाँलाई स्वाद लाग्दथ्यो । कतिपय समयमा बोलीमा वा कुनै अवसरमा नजानिँदो किसिमले उहाँ व्यंग्यात्मक प्रस्तुति गर्नुहुन्थ्यो ।

प्रदीपले पुस्तकहरू पनि लेख्नुभयो । त्यो पनि प्रारम्भिक पुस्तक । लेखाइ त्यति खँदिलो छैनन् । तर, पछि उहाँले बीपीमथि लेखेका र संकलन गरेका केही पुस्तक भने पठनीयमात्र होइन विशेष अर्थ पनि राख्छन् । त्यसो त उहाँको र बीपीको के कारणले हो पछिल्ला केही वर्ष सम्बन्ध बिग्रेको सुनिन्थ्यो जो माथि पनि चर्चा भयो । एक-दुईपटक बीपीसँग बस्दा उहाँ आफैँले प्रदीपको बारे केही चर्चा गर्नुभएको छ । मैले नै दिउँसोको समयमा जब बीपीकहाँ कोही हुँदैन्थ्यो त्यसबखत प्रदीपजीका बारेमा कुरा उठाएको छु । र, केही प्रश्न गरेको छु । तर, उहाँले सरलताका साथ जवाफ दिनुभयो कुनै प्रकारको दुर्भाव थिएन त्यस बेला । यो झण्डै चालीस वर्षअघिको कुरा हो । तर, आम मान्छेका लागि उहाँ सधैं एउटा कौतूहलको विषय रहनुभयो ।

एक-दुईपटक बीपीसँग बस्दा उहाँ आफैँले प्रदीपको बारे केही चर्चा गर्नुभएको छ । मैले नै दिउँसोको समयमा जब बीपीकहाँ कोही हुँदैन्थ्यो त्यसबखत प्रदीपजीका बारेमा कुरा उठाएको छु । र, केही प्रश्न गरेको छु ।

गिरिजाप्रसाद कोइराला सधैं मन नपराएको कुरा गर्नुहुन्थ्यो । त्यही कारण हुनसक्छ प्रजातन्त्र आएको पहिलो चुनावमा समेत उहाँलाई टिकटसम्म दिइएन । किन हो बुझिनसक्नु छ । त्यसो त किशुनजी नै सभापति हुनुहुन्थ्यो र पनि बुझ्न सकिएन । तर, किशनजीको हृदयमा उहाँ कसरी बस्नुभएको थियो भन्ने कुरा धेरैलाई थाहा छ ।

प्रदीपजीको भारतका समाजवादी, समाजवादीबाहेकका अरूसँग पनि त्यस्तै मित्रता थियो । कतिबेलामा उहाँकै सहयोग र प्रेरणाले मैले कतिपय मञ्चमा बोलेको छु ।

देशमा भर्खर प्रजातन्त्र पुनःस्थापित भएको बेला विदेशबाट प्रशस्त मान्छेहरू नेपाल आएका थिए । त्यसमध्ये भारतका नेताहरूको त कुरै भएन । उनीहरूको संख्या प्रशस्तै थियो । त्यसमा प्रदीपजी बढी नै क्रियाशील देखिनुहुन्थ्यो । तर, त्यहाँ पनि कसैले देखेको हुुनुपर्छ, प्रदीपजी ती सबैभन्दा अग्लो र व्यवहारले सबैका दाजु देखिनुहुन्थ्यो । तर, जे-जस्तो वातावरण होस् उहाँमा हतास भन्ने कुरा देखिएन कहिल्यै । सधंै त्यही स्वभाव, एउटै पहिरन, उस्तै खुवाइ, त्यही नै उहाँले जीवनमा एकसाथ राख्नुभयो ।

उहाँ नेपाली कांग्रेसको नेता भनेर चिनिनुभयो यसमा शंका नहोला । कांग्रेका हरेक साना–ठूला कार्यकर्तालाई आफ्नै ठानी कांग्रेसलाई गर्व भयो होला । तर, कांग्रेस आज जुन गतिमा छ त्यो उहाँले बस्न मिल्ने पार्टी जस्तो लाग्दैन । कांग्रेस आज पनि प्रजातन्त्र, समाजवाद, राष्ट्रियता जे आधारभूत तत्व हुन् त्यसैमा समर्पित छ त ?

आज उहाँलाई देखाएर वा उहाँको आदर्शका कुरा गरेर हामी त्यही पार्टी हौं भन्ने आधार उहाँले दिएर त जानुभयो । तर, कतिन्जेल यो दलले त्यो अवस्था राख्न सक्छ हेर्नुपर्छ ।

प्रजातन्त्रलाई आज नेतृत्वले जता पुर्‍याए पनि यसले एकदिन त सही दिशा लेला नै । लिन्छ, लिएको उदाहरण पनि छन् । परिस्थिति बेग्लै हुन सक्ला तर जुन दर्शनका साथ प्रदीपले प्रयास गर्नुभयो या भनौ बाँच्नुभयो त्यही नै दर्शनका साथ समाजलाई अगाडि बढाउन सके महान् कर्म हुनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?