सिर्जनशील लघुवित्तको आईपीओ आजबाट बिक्री खुला

Read Time = 2 mins

काठमाडौं । सिर्जनशील लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ निष्कासन आजबाट बिक्री खुला भएको छ ।

लघुवित्तले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यको तीन करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको तीन लाख ९३ हजार ७५० कित्ता आईपीओ निष्कासन गरेको हो ।

निष्कासन गरिएको कुल सेयरमध्ये पाँच हजार ४७० कित्ता कर्मचारीहरूका लागि, १९ हजार ६९० कित्ता सामूहिक लगानी कोषहरूलाई सुरक्षित गरिएको छ । बाँकी रहेको तीन लाख ६८ हजार ५९० कित्ता सेयरका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

आईपीओमा भदौ १९ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त अवधिमा मागबमोजिम आवेदन नपरेमा भदौ २९ गतेसम्म आवेदन दिने समय थप हुने बताइएको छ । लगानीकर्ताले न्यूनतम १० देखि एक हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल रहेको छ । इच्छुक व्यक्तिले मेरोसेयर वेबसाइट तथा एपमार्फत आवेदन दिन सक्नेछन् । यस्तै, सम्पूर्ण सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाबाट पनि आवेदन दिन सकिनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?