बैंक अफ काठमाण्डूको ऋणपत्र बाँडफाँट

Read Time = 1 min

काठमाडौं । बैंक अफ काठमाण्डूको सात वर्षे अवधि तथा वार्षिक १० दशमलव ५० प्रतिशत ब्याजदर भएको ‘बिओके डिबेञ्चर २०८६ (क)’नामक ऋणपत्र बाँडफाँट भएको छ ।

बैंकले २ देखि ७ भदौसम्म एक हजार अंकितका ११ लाख कित्ताले हुन आउने एक अर्ब १० करोड बराबरको ऋणपत्र निष्कासन गरेकोमा सो अवधिसम्म रितपूवर्क आवेदन दिनेहरूलाई १४ भदौमा बाँडफाँट गरेको थियो।

बैंकले कुल कित्तामध्ये ६ लाख ६० हजार कित्ता ब्याक्तिगत तवरबाट विक्री गरेको चार लाख ४० हजार कित्ता ऋणपत्र सर्वसाधारणका लागि निष्कासन गरेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?