एक्काईस सुत्केरी महिलाहरुको उद्दार

Read Time = 7 mins

-नविनकुमार शर्मा
दैलेख । ज्यानको आश मारिसकेका सुत्केरी हुन नसक्ने महिलाहरुको लागि हाल नेपाली सेना हेलिकप्टरले विकट दुर्गम गाउँहरुबाट हेलिकप्टरले सेवा दिँदा अकालमा ज्यान जानबाट बचाएको छ । दैलेखका विकट गाउँवस्तिहरु स्थानीय तहमा नगरपालिका भनिएता पनि सेवा र सुविधा केहि पनी छैन । सामान्य विरामी हुँदा समेत जिल्ला सदरमुकाम, सुर्खेत, नेपालगंज र काठमाण्डौ धाउनु पर्ने वाध्यता अझै कायमै रहेको छ । स्वास्थ्य चौकिहरुमा औषधि समेत पाँईदैन ।

औषधि भएको स्वास्थ्य चौकिमा स्वास्थ्यकर्मिको नहुँदा भएको औषधिको पनि काम हुने गरेकोछैन । स्थानीय तहको मातहतमा आएका स्वास्थ्य संस्थाहरुमा समेत औषधि र डाक्टर नहुँदा विरामीहरु सामान्य रोगको उपचार गर्न पाएको छैनन् । विशेष गरेर सानो उमेरमा विवाह गर्ने प्रचलन भएकोेले सानै उमेरमा बच्चाबच्ची पाउने जिल्लाको सवैभन्दा ठुलो समस्या बनेको छ । सानो उमेरमा विवाहका कारण महिलाहरुको शरीरमा हुनेपर्ने शारीरिक वृद्धि नहुँदा स्वास्थ्यमा समस्याहरु आउने गरेको पाईन्छ । उमेर नपुगेर विवाह भएका महिलाहरुले सुत्केरी हुन नसक्दा अकालमा ज्यान फाल्नु परेको घटना दैलेखमा धेरै रहेको छ । सुत्केरी अवस्थामा पैष्टिक खानपिनको कमी, गह्गो भारीहरु वोक्ने, परिवार नियोजनको साधन प्रयोग नगरेर वर्षेनी वच्चा जन्माउदा समेत महिलाहरु सुत्केरी हुदा अत्यधिक रक्तश्राव हुने गरेको नेपाल पत्रकार महासंघ दैलेखका अध्यक्ष यज्ञराज थापा बताउनु हुन्छ । विभिन्न संघसंस्था तथा सरकारी निकायहरुबाट धेरै सुचना सम्प्रेषण गरेपनि अशिक्षा तथा गरिविको कारण उमेर नपुगेर विवाह गर्ने संख्यामा कमी आउन सकेको छैन ।

जिल्लाका आठविस नगरपालिका, चामुण्डा नगरपालिका, भैरवी गाँउपालिका र ठाटिकाध गाँउपालिकाबाट २०७८ साल देखि यता अत्यधिक रक्तश्राव, वच्चा उल्टो अवस्थामा रहेको, स्थानीय स्वास्थ्य चौकिहरुमा डाक्टर नहुँदा, बच्चा जन्माउन नसकेर मृत्युको मुखमा पुगेका एक्काईस जना सुत्केरी महिलाहरुको ज्यान बचाउन सफल हुँदा, गरेको कामहरु मध्ये सवै भन्दा ठुलो काम मृत्युको मुखमा पुगेको महिलाहरुको उद्दार गरेको दैलेख जिल्लाका प्रमुख जिल्ला अधिकारी प्याकुरेलले बताउन भयो । दैलेख जिल्लामा सवै भन्दा बढी आठबीस नगरपालिकाका स्थानीय स्वास्थ्य चौकिमा सुत्केरी हुन नसकेका महिलाहरुका उद्दार भएको बताउनु हुँदै प्रमुख जिल्ला अधिकारी प्याकुरेलले एक जना अछाम जिल्लाको महिला सुत्केरी हुन नसकेर जानकारी आएपछि दैलेखको आठबीस नगरपालिका अन्तर्गत पाल्तडा भन्ने स्थानबाट हेलिकप्टरद्धारा उद्दार गरेर ज्यान बचाउन सफल भएको बताउनु भयो ।

आजै भैरवीकालिकाथुम स्वास्थ्य चौकिमा सुत्केरी हुन आएकी भैरवी गाउँपालिका वडा नम्वर ५ कि उन्निस वर्षिय सुनीता विष्ट सुत्केरी हुन नसकेर अत्यधिक रक्तश्राव भइ आमा र बच्चा दुवैको ज्यान बचाउन आवश्यक रगत र अप्रेशन गर्नका लागि डाक्टर नहुँदा महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको राष्ट्रपटि महिला उद्दार कार्यक्रमबाट विष्टलाई उद्दार गरी सुर्खेत लगिएको छ । स्थानीय तहहरु वा विरामीको आफन्त ले जिल्ला प्रशासन कार्यालयमा जानकारी गराएपछि प्रमुख जिल्ला अधिकारी मार्फत महिलावालवालिका तथा जेष्ठ नागरिक मन्त्रालयमा पत्राचार गरीन्छ र मन्त्रालयले रक्षा मन्त्रालय संग समवन्य गरेर नेपाली सेनाको हेलिकप्टरबाट उद्दार गर्ने गरिएको छ ।
जिल्ला अस्पतालमा चौध जना डाक्टरहरुको दरवन्दि भएपनि हाल नौ जना मात्र हुनुहुन्छ । एघार स्थानीय तह रहेको यस जिल्लामा आठ वटा स्थानीयतहका स्वास्थ्य संस्थाहरुमा डाक्टरहरु हुनु भएको र महावु, भैरवी र डुङ्गेश्वर गाउपालिकाहरुमा अहिले पनी डाक्टरहरु नभएको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख थिर प्रसाद रेग्मीले जानकारी दिनुभयो । जिल्ला अस्पतालमा सुत्केरी हुन नसकेका महिलाहरुको अप्रेशन गरेर वच्चा र आमाको ज्यान वचाउन सफल भएको केहि त्यस्ता केसहरु जुन जिल्लामा उपचार गर्न सकिदैन बाहिर जिल्लामा पठाउने गरेको रेग्मीले जानकारी दिनुयो ।

किशोर अवस्थामा विवाह गर्नु, जनचेतनाको कमी, गरिवि समस्याको रुपमा रहकाले पनी महिला हरुले दुख पाउनु परेको देखिन्छ । राजनितिक दलहरुले यस्ता मानव जिवनका विषयमा आउने गम्भिर स्वास्थ्य समस्याहरुको वारेमा गाउँगाउँमा जनचेतना, भाषणमा समेटने र दुर्गम गाउँवस्तिमा रहेका स्वास्थ्य संस्थाहरुलाई सक्षम वनाउदै जानु आवश्यक देखिन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?