नवौ राष्ट्रिय खेलकुदका लागि प्रदेश स्तरीय छनोटमा बागलुङबाट ३ सय ५ खेलाडी चुनिए

Read Time = 4 mins

-डम्मर बुढा मगर
बागलुङ । गण्डकी प्रदेशमा असोज २८ देखि कात्तिक ३ सम्म सञ्चालन हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि प्रदेश स्तरीय छनोट खेल खेल्न बागलुङबाट ३ सय ५ जना खेलाडी चुनिएका छन् । बागलुङमा भदौ ६ गतेदेखि १२ गतेसम्म भएको जिल्ला स्तरीय छनोट प्रतियोगिताबाट विभिन्न २१ खेलका लागि १ सय २३ जना महिला र १ सय ८२ जना पुरुष खेलाडी छनोट भएका छन् ।

बागलुङबाट छनोट भएका खेलाडीहरुले यहि भदौ १६ गतेदेखि १८ गतेसम्म गण्डकी प्रदेशमा हुने प्रदेशस्तरीय छनोट प्रतियोगितामा भाग लिने जिल्ला खेलकुद विकास समिति बागलुङका कार्यवहाक अध्यक्ष लोकेन्द्र केसीले बताउनुभयो ।

बागलुङबाट फुटबलमा १४ जना पुरुष र १४ जना महिला, भलिबलमा १० जना महिला र ८ जना पुरुष, कबड्डीमा १० जना पुरुष र १० जना महिला, टेबल टेनिसमा ५ जना महिला र ५ जना पुरुष खेलाडी छनोट भएका छन् । यस्तै आईटिएफ तेक्वान्दोमा ११ जना महिला र १४ जना पुरुष, कराँतेमा १५ जना महिला र १४ जना पुरुष, तेक्वान्दोमा १३ जना महिला र १३ जना पुरुष, एथलेटिक्समा ९ जना महिला र ९ जना पुरुष, उसुमा ६ जना महिला र १२ जना पुरुष, व्याडमिन्टनमा ६ जना महिला र ३ जना पुरुष खेलाडी छनोट भएको जिल्ला खेलकुद विकास समिति बागलुङका काव अध्यक्ष केसीले बताउनुभयो ।

यस्तै बास्केटबलमा ९ जना पुरुष, जिम्न्याष्टिकमा ३ जना महिला र ६ जना पुरुष, रग्वीमा ११ जना पुरुष, सुटिङमा ६ जना महिला र ७ जना पुरुष, बक्सिङमा ६ जना पुरुष, क्रिकेटमा १४ जना पुरुष, बुद्धिचालमा ६ जना पुरुष, फुलकन्टयाक्टमा ४ जना महिला र ४ जना पुरुष, स्क्वासमा १ जना महिला र २ जना पुरुष, ह्याण्डबलमा १० जना महिला र १० जना पुरुष र आर्चरीमा ४ जना पुरुष खेलाडी छनोट भएको जिल्ला खेलकुद विकास समिति बागलुङकी सचिव तारा शर्माले बताउनुभयो ।

२१ खेलको लागि ३ सय ५ खेलाडी सहित बागलुङबाट २३ जना प्रशिक्षकहरु र २० जना व्यवस्थापकहरु समेत रहेका छन् । यस्तै नवौं राष्ट्रिय खेलकुद प्रतियोगतामा आचरी तर्फ गण्डकी प्रदेशबाट बागलुङका तीन जना खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् । प्रदेश छनोटमा जिल्लाबाट ४ जनाले सहभागिता जनाएकोमा तीन जना खेलाडी राष्ट्रिय खेलको लागि छनोट भएको काव अध्यक्ष केसीले बताउनुभयो । उहाँले बागलुङका खडक बहादुर घर्ती, दुर्गा बहादुर घर्ती र कृष्ण भण्डारीले गण्डकी प्रदेशको प्रतिनिधित्व गर्दै राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउने बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?