बेजिङ । चिनियाँ कम्युनिष्ट पार्टीको २०औं राष्ट्रिय महाधिवेशन अक्टोबर १६ देखि हुनेभएको छ । चीनको राजधानी बेइजिङमा चिनियाँ कम्युनिष्ट पार्टीको २०औं राष्ट्रिय महाधिवेशन आयोजना हुनेभएको हो ।
चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्युरोले चिनियाँ कम्युनिष्ट पार्टीको १९औं केन्द्रीय समितिको सातौं पूर्ण बैठक र २०औं चिनियाँ कम्युनिष्ट पार्टीको राष्ट्रिय महाधिवेशनको तयारीका लागि बैठक आयोजना गरेको छ ।
चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव सी चिन फिङको अध्यक्षतामा भएको सो बैठकले चिनियाँ कम्युनिष्ट पार्टीको २०औं महाधिवेशन अक्टोबर १६ मा बेइजिङमा आयोजना गर्ने प्रस्ताव गरेको थियो ।
बैठकले चिनियाँ कम्युनिष्ट पार्टीको १९औं केन्द्रीय समितिको सातौं पूर्ण बैठक अक्टोबर ९ तारिख बेइजिङमा आयोजना गर्ने निर्णय गरेको छ । सम्पूर्ण पार्टी र सिंगो राष्ट्रले सबै हिसाबले आधुनिक समाजवादी देश निर्माणको नयाँ यात्रामा अघि बढेकाले २०औं चिनियाँ कम्युनिष्ट पार्टीको राष्ट्रिय महाधिवेशन महत्वपूर्ण क्षणमा बोलाइने महाधिवेशन भएकोमा जोड दिइएको बैठकमा उल्लेखे छ । सो अवसरमा दोस्रो शताब्दी लक्ष्य तिर अगाडि बढ्न पनि आग्रह गरिएको छ ।
महाधिवेशनले चिनियाँ विशेषतासहितको समाजवादको लक्ष्यमा माक्र्सवाद–लेनिनवाद, माओत्सेतुङ विचारधारा, देङ सियाओपिङ सिद्धान्त, तीन प्रतिनिधिको सिद्धान्त र विकासको वैज्ञानिक दृष्टिकोणलाई समर्थन गर्ने र चिनियाँ विशेषतासहितको समाजवादबारे सी चिनफिङको विचारलाई पूर्णरूपमा कार्यान्वयन गर्ने जनाइएको छ ।
त्यसैगरी महाधिवेशनले कार्ययोजना र प्रमुख नीतिहरू तर्जुमा गर्ने, पार्टीका सबै सदस्य र देशका सबै जातजातिलाई इतिहासप्रति विश्वास कायम गर्न, ऐतिहासिक पहललाई सुदृढ गर्न, भएका कामका आधारमा नयाँपन र बहादुरीका साथ अगाडि बढ्नका लागि परिचालन गर्ने पनि बताइएको छ ।
पञ्चक्षेत्रीय एकीकृत योजना र चार-पक्षीय एकीकृत योजनालाई अगाडि बढाउनका लागि पार्टी सदस्यहरू र देशभरका सबै जातजातिका मानिसहरूलाई परिचालन गरिने पनि बताइएको छ । साथै सबैको साझा समृद्धिलाई अगाडि बढाउने, पार्टी निर्माणको महान् नयाँ परियोजनालाई अगाडि बढाउने र मानवताको साझा भविष्यसहितको समुदायको निर्माणलाई प्रवर्द्धन गर्ने गरी समन्वयात्मक ढंगले विस्तारित बृहत् रणनीति निर्माण गरिने पनि जनाइएको छ ।
चीनलाई आधुनिक समाजवादी राष्ट्रको रूपमा निर्माण गर्न र चिनियाँ राष्ट्रको महान् पुनर्जागरणलाई सबै पक्षमा अगाडि बढाउन सबै पार्टीका सदस्यहरू र देशका सबै जातजातिका जनतालाई एकसाथ काम गर्न परिचालन गरिने बताइएको छ ।
महाधिवेशनले अन्तराष्ट्रिय र घरेलु परिस्थितिको गहन समीक्षा गर्दै नयाँ युगमा पार्टी र देशको विकासका लागि नयाँ आवश्यकताका साथै जनताका नयाँ अपेक्षालाई व्यापक रूपमा बुझ्ने गरी निर्णय लिनेछ ।
रासस÷सिन्हृवा ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका