काठमाडौं । नायक पल शाहको मुद्दामा बुधबार जिल्ला अदालत तनहुँमा हुने भनिएको सुनुवाइ स्थगित भएको छ । एक नाबालिगलाई जबर्जस्ती करणी गरेको अभियोगमा तनहुँ जिल्ला कारागारमा रहनुभएका नायक शाहको मुद्धा हेर्ने न्यायाधीश अनुपस्थित भएपछि सुनुवाइ स्थगित भएको हो । शाहको बलात्कारसम्बन्धी मुद्दा तनहुँ जिल्ला अदालतका न्यायाधीश दलबहादुर केसीको इजलासमा परेको थियो ।
बुधबार सुनुवाइ भएको भए पललाई धरौटीमा छाड्ने वा थुनामै राख्ने विषयमा तनहुँ अदालतले आदेश दिन सक्ने थियो । अदालतले पलको बलात्कारसम्बन्धी मुद्दाको सुनुवाइ गर्न अर्को म्याद तोकेको छैन । नवलपुर जिल्ला अदालतले भने भदौ २१ गतेका लागि पेशी तोकेको छ । नाबालिगबाट तनहुँपछि नवलपुर प्रहरी कार्यालयमा पल शाहविरुद्ध जबर्जस्ती करणीको जाहेरी परेको थियो ।
गत चैत १० मा तनहुँ जिल्ला अदालतले शाहलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो । त्यसपछि पूर्वी नवलपरासी अदालतले पनि पललाई पुर्पक्षका लागि थुनामै राख्न आदेश दिएको थियो । दुवै जिल्ला अदालतको आदेशविरुद्ध पलका वकिलले उच्च अदालत पोखरामा पुनरावेदन चढाएका थिए । तर, उच्च अदालत पोखराले पनि उनलाई थुनामै पठाउन आदेश जारी गर्यो ।
नाबालिगका बाबुले पलविरुद्ध जिल्ला प्रहरी कार्यालय, तनहुँमा गत फागुन ११ मा किटानी जाहेरी दिनुभएको थियो । फागुन १५ गते नवलपरासी प्रहरीमा पनि जबर्जस्ती करणीको अभियोगमा मुद्दा दर्ता भएको थियो । यही दिन शाहले तनुहँ प्रहरी कार्यालयमा आत्मसमर्पण गर्नुभएको थियो । तनहुँले २१ दिन र नवलपरासी प्रहरीले सातदिन हिरासतमा राखेर शाहमाथि अनुसन्धान गरेको थियो ।
तनहुँ र नवलपरासीको प्रहरी कार्यालयमा नाबालिगका बुबाले दिएको जाहेरीमा पल शाहले विभिन्न ठाउँमा पटक-पटक छोरीलाई जबर्जस्ती करणी गरेको उल्लेख छ । तर, पछि दुवै अदालतमा बकपत्र गर्ने क्रममा नाबालिगले आफूलाई शाहले जबर्जस्ती करणी नगरेको भन्दै बयान फेर्नुभएको थियो ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका