आमिरले फिल्म फ्ल्प भएकाले पारिश्रमिक फिर्ता गर्ने

Read Time = 2 mins

मुम्बई । बलिउड अभिनेता आमिर खानको अभिनय रहेको ‘लाल सिंह चड्ढा’को खराब व्यापार भयो । ११ अगष्टमा प्रदर्शन भएको यो चलचित्र बक्सअफिसमा पूर्णरूपमा फ्लप सावित भयो ।

चलचित्रले विदेशमा औषत प्रदर्शन गरेको छ । ठूलो बजेटमा निर्माण गरिएको यो चलचित्रले ६० प्रतिशत भन्दा माथि कमाई बक्सअफिसमा गर्न सकेको छैन । यही कुरालाई दृष्टिगत गरी अभिनेता आमिरले एक महत्वपूर्ण निर्णय गर्नुभयो । चलचित्र फ्लप भएपछि आमिरले आफ्नो अभिनय पारिश्रमिक फिर्ता दिने निर्णय गर्नुभएको छ ।

उहाँले चलचित्रका लागि भएका सम्पूर्ण नोक्सानीको भरपाई गर्ने घोषणा गर्नुभएको छ । ‘यदि आमिर आफ्नो पारिश्रमिक लिन्छन् भने वायकम १८ स्टुडियोलाई करिब १०० करोड रूपैयाँ नोक्सान हुन्छ । यस्तो अवस्थामा आमिरले आफैं नोक्सानको भरपाई गर्ने निर्णय लिएका छन् । यो निर्णयले निर्माताहरूले कम घाटा व्यहोर्नुपर्नेछ’, फिल्म निकट स्रोतले भनेको छ ।

आमिरले चलचित्र फ्लप हुने जिम्मेवारी आफैंले लिनुभएको छ । उहाँले फ्लपको दोष अरू कसैलाई नजाओस् भन्ने चाहनुभएको छ । स्रोत भन्छ, ‘फिल्मका लागि उनले चार वर्ष समय दिए, तर उनले एक पैसा पनि कमाएनन् । फिल्मका लागि उनको पारिश्रमिक सय करोडमाथि थियो । तर असफलताको जिम्मेवारी लिँदै उनले सबै नोक्सानको आफैं भरपाई गर्ने निर्णय लिएका छन् ।’

रक्षाबन्धनमा रिलिज चलचित्रमा आमिरका अलावा करिना कपुर, मोना सिंह र साउथ अभिनेता नागार्जुनको पनि अभिनय थियो । यो चलचित्र हलिउड चलचित्र ‘फरेष्ट गम्प’को रिमेक हो । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?