पश्चिम सेती र सेती नदीको विद्युत् खरिद सम्झौता

Read Time = 1 min

काठमाडौं । दुई नेपाली जलविद्युत् आयोजनाको विद्युत् भारतीय बजारमा बिक्रीका लागि भारतीय दुई सरकारी कम्पनीले विद्युत् खरिद बिक्रीसम्बन्धी सम्झौता गरेका छन् । लगानी बोर्डबाट आयोजना अध्ययनको अनुमति पाएको एनएचपिसी इण्डियाले पश्चिम सेती र सेती नदी-६ जलविद्युत् आयोजनाबाट उत्पादन हुने विद्युत् पिटिसी इण्डियाले खरिद गर्ने गरी सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

हालैमात्र लगानी बोर्डले सात सय ५० मेगावाटको पश्चिम सेती र चार सय ५० मेगावाटको सेती नदी-६ आयोजना विकासको जिम्मा भारत सरकारको स्वामित्वको कम्पनी एनएचपिसीलाई दिएको थियो । दुई आयोजनाबाट उत्पादन हुने सम्भावित १२ सय मेगावाटमध्ये दुई सय ३२ मेगावाट विद्युत् नेपालले निःशुल्क पाउने र बाँकी पिटिसीले खरिद गर्नेछ । सोसम्बन्धी सम्झौतापत्रमा एनएचपिसीका अध्यक्ष अभयकुमार सिंह र पिटिसीका अध्यक्ष राजीवकुमार मिश्रले हस्ताक्षर गर्नुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?