शान्ति विद्यागृह ७५ औं वर्षमा

Read Time = 3 mins

काठमाडौं । देशकै पुरानोमध्येको शिक्षण संस्था शान्ति विद्यागृहले तीन दिनसम्म ७५ औं वार्षिकोत्सव मनाउने भएको छ । विद्यालयले यही भदौ १६ देखि १८ गते विभिन्न कार्यक्रम गरी वार्षिकोत्सव तथा हीरक महोत्सव मनाउने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वर्षाराम भण्डारीले जानकारी दिनुभएको छ । शान्ति विद्यागृह २००४ वैशाख १९ गते स्थापना भएको थियो । हीरक महोत्सव गत वैशाख १९ गते मनाउने तयारी गरिए पनि कोरोनाका कारण स्थगित गर्नुपरेको उहाँले बताउनुभयो ।

हीरक महोत्सवअन्तर्गत भदौ १६ गते प्रभातफेरी र हाल अध्ययनरत विद्यार्थीलाई शैक्षिक पुरस्कार तथा छात्रवृत्ति वितरण गर्ने कार्यक्रम रहेको छ । १७ गते पूर्वविद्यार्थी, शिक्षक, सल्लाहकार, अक्षय कोषदाता र अन्य सहयोगीलाई मायाको चिनो र सम्मान गर्ने कार्यक्रम रहेको छ भने १८ गते स्मारिका र शान्ति कविता विमोचन, संस्थापक, पूर्वप्रधानाध्यापक, संस्थापक शिक्षक, पूर्वविद्यालय व्यवस्थापन समितिका अध्यक्ष, कवि एवं अन्य व्यक्तित्वलाई अभिनन्दन र सम्मान गर्ने कार्यक्रम रहेको छ ।

शान्ति विद्यागृह गल्कोपाखाका प्रसिद्ध कविराज लम्बोदर भण्डारीको घरबाट सुरु भएको थियो । एक वर्षपछि ठमेलस्थित भगवान् बहालमा भाडाको घरमा सारियो । त्यहाँ करिब तीन वर्ष पठनपाठन चल्यो । हाल भवन भएको ठाउँमा आफ्नै जग्गामा पढाउन थालिएको शान्ति विद्यागृहका संस्थापक शिक्षक ९५ वर्षीय शंकरलाल मानन्धर बताउनुहुन्छ । हाल विद्यालयमा पूर्वप्राथमिक ‘इसिडी’ देखि १२ कक्षासम्म पढाइ हुन्छ भने छ सय दुई छात्र, पाँच सय १८ छात्रा, सातजना शिक्षक र ३२ जना शिक्षिका रहेको विद्यालयले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?