सानिमाको मोबाइल बैंकिङमा विशेष अफर

Read Time = 1 min

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकलाई मोबाइल बैंकिङ प्रयोगमा प्रोत्साहन गर्न विशेष योजना सार्वजनिक गरेको छ । योजनाअन्तर्गत सानिमा मोबाइल बैंकिङबाट पहिलोपटक टपअप गर्ने ग्राहकले १० प्रतिशत वा अधिकतम सय रुपैयाँसम्मको क्यासब्याक प्राप्त गर्न सक्नेछन् ।

त्यसैगरी मोबाइल बैंकिङ प्रयोगकर्तामध्ये सबैभन्दा बढी कारोबार गर्ने तीन ग्राहकले मोबाइल फोन जित्न सक्ने कम्पनीले जनाएको छ । योजना मंसिर १३ गतेसम्म लागू हुने बताइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?