काठमाडौं । यो वर्षको दशैं उपहार, डेली टिभी, ड्याम्मै कार भन्ने नारासाथ मोबाइल कम्पनी सामसुङले चाडपर्व अफर ल्याएको छ । असोज १४ गतेसम्म लागू हुने अफरमा सामसुङ स्मार्टफोन वा ट्याबलेट खरिद गर्ने जोकोही सहभागी बन्न सक्ने कम्पनीले जनाएको छ । योजनामा सहभागी हुन ग्राहकले सामसुङ स्पेस राखी खरिद गरेको डिभाइसको सिरियल नम्बर टाइप गरेर ३५००१ मा एसएमएस पठाउनुपर्नेछ ।
एसएमएस पठाउने ग्राहकले हरेक दिन ६५ इन्चको सामसुङ टिभी र बम्पर पुरस्कारमा एउटा कार ड्याम्मै जित्न सक्ने बताइएको छ । सामसुङ नेपालका निर्देशक प्रणयरत्न स्थापितले भन्नुभयो, ‘सामसुङ उपभोक्ताको जीवन सहज बनाउन प्रतिबद्ध छ । यो चाडपर्वको मौसममा हामीले उपभोक्तालाई खुशी हुने र उनीहरूको जीवनलाई अझ राम्रो बनाउने अर्को उपहार प्रदान गर्ने कोसिस गरेका छौैं ।’
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका